इलाममा अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम वढाउँदै


इलाम, २५ चैत्रः इलाम सदरमुकाममा पार्किङको अभावमा लामो तथा छोटो दुरिका सवारीसाधन सडक किनारामा पार्किङ गर्नाले दुर्घटनाको जोखिम निम्त्याएको छ । इलामको ठूलो टुँडिखेल देखि नाराण्थान सम्म जथाभावि सडक किनारमा सवारी साधान पार्किङ गर्दा र यात्रु चडाउने उत्राने काम गर्दा सवारी जामको समस्या पनि भएको जिल्ला ट्राफिक कार्यालयले वतयो । 


लामो दुरीका इलाम काठमाण्डौ देखि छोटुदुरी इलाम–झापा, इलाम–पाँचथर–ताप्लेजुङका सवारी साधन तथा ग्रामिण भेगमा सञ्चालन हुने सवारी साधान समेत सडकमा पार्किङ गर्ने गरिएको छ । 
इलाम नगरपालिकाले प्रदेश सरकारको सहयोगमा साविक वसर्पाकमा निमार्ण गर्दैै गरेको वहुतले पार्किङमा पनि साना सवारी साधनको मात्र पार्किङको व्यवस्था हुने भएकोले ठूला सवारी साधनको इलाममा पार्किङ स्थलको विकल्प अहिले सम्म नरहेको स्थानियको गुनासो रहेको छ । 
इलाममा काठमाण्डौकोलागि दैनिक दुईवटा वस सञ्चालन हुने गरेका छन् भने दैनिक जसो इलाममा १०/१२ वटा ठूला सवारी साधन भ्रमणमा आउने गरेको तर पार्किङस्थलको अभावकारण पर्यटकहरु इलाममा वास नवसी र्फकिने गरेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment