इलामको आमचोकमा आगलागी, १३ लाखको क्षति


इलाम, २५ चैत्रः इलामको फाकफोकथुम गाँउपालिका १ (आमचोक)को चित्रेमा आगलागि हुँदा १३ लाख बराबरको क्षति भएको छ । सोहि स्थान बस्ने भक्त बहादुर राईको घरको चुल्होबाट ९घरमा कोहि नभएको अवस्था० अचानक आगो सल्की आगलागी हुँदा ढुङ्गा माटोले बनेको टिनको छानो भएको एक तले घरमा आगलागि भएको हो ।  आगलागिबाट घर पुर्ण रुपमा जलि नष्ठ भएको छ । 

आगलागिबाट घरमा भएको  तीन तोला सुन, ५ तोला चाँदी, सल्ला, कटुस र उतिस जातको ६ ठेक्का चिारनी काठ, तथा दुईलाख रुपयाँ नगद जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नयाव उपरिक्षक गंगा वहादुर थापाले जानकारी गराए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment