बूढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई नदिने निर्णय, अब आफैं बनाउने


काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा)लाई निकालेर आयोजना सरकारले आफैंले बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढीगण्डकीबाट गेजुवालाई निकालेको थियो । पछि केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि आयोजना गेजुवालाई दिने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment