उ बेला प्रबिधिको बिकास भएको थिएन । आजको जस्तो मोबाइल फोन पनि थिएन । यस्तो हुन्छ भन्ने कल्पना पनि थिएन । तर प्रेम गर्ने चलन उ बेलादेखी शुरु भएको थियो ।
जतिबेला मानव जीवन अस्तित्वमा आयो । आज कसैले थिएन भन्छ भने उ सरासर झुट भनिरहेको छ । फरक यति हो आजको प्रेम सस्तो भयो हिजो निक्कै महङ्गो थियो । हिजोका प्रेमका ट्रान्जिट पोइन्टहरु हाट्बजार मेलाबजार बिबाह आदिको जमघट घासपात खेताला मेलापात आदि नै हुन्थे । कतै रोदी कतै धान नाच कतै रोपाइ यस्तै यस्ता गन्तव्य बन्थे प्रेमका ।
तर आजको कुनै प्रेमको ट्रान्जिट पोइन्ट हुदैन । खल्तीको मोबाइल निकालेर जथाभावी नम्बर मिलाएर डायल गरेपछि बिपरित लिङ्गीको आवाज आयो भने भरेबाट शुरु हुन्छ सम्बाद र २४ घण्टाभित्रमा माया बस्छ । कहिलेकाही त आफ्नै दिदीबहिनी दाजुभाइ पनि पर्दारहेछन प्रेमको लाइनमा । फेरि फेसबुक खोल्यो राम्रो फोटो भएको बिपरित लिङ्गी खोज्यो एड गर्यो । शुरु गरि हाल्यो हाइ हल्लो । अनि माया पिरती । को ? कहाँ को ?कस्तो ? आफन्त हो कि होइन ? उमेर मिल्दो कि नमिल्दो कुनै पर्वाह छैन ।
प्राविधिक ज्ञानले गर्नु गरेको छ फोटो इडिट गरेर सुकिलो मुकिलो युवा सुन्दर बनाएको छ । कोहि कोहि बेला त आमा छोरा बाबू छोरी उमेर सरहकाको पनि माया बस्दो रहेछ । अनि भेटघाट हुदा तर्सेर भाग्ने पनि गर्दारहेछन ।तर पनि माया गर्ने क्रम चलिरहन्छ । र चलिनै रहनेछ ।
हिजोका प्रेममा आदर्श र त्याग थियो । प्रेमी प्रेमीकाको बर्षौ भेट हुन्थेन । पर्खन्थे सम्झनामा तड्पिन्थे । रातभरी सपना देख्थे । अनि कुनै अवसर पारेर भेट हुन्थ्यो । मुटुभरी माया भएर पनि भेट हुदा लजाउथे । सिधा हेर्न निक्कै कठिन आपसमा छुन डराउथे तर आजको प्रेममा त्यस्तो हुन्न । भेट हुन बेर नै लाग्दैन ।
छुन त के भेट हुने बितिकै अरु नै उपद्रो सजिलै हुन्छ । उ बेला भेट हुनुलाई माया सम्झन्थे हिजोआज सेक्स हुनुलाई माया सम्झिन थालियो । निक्कै फरक हुन थाल्यो माया पिरती । हिजो मायामा त्याग थियो आज सेक्स गरिसकेपछि त्यागि दिन्छन । एकजना दाइले भन्नुहुन्थ्यो- हिजोको प्रेमले साहित्य सृजना बढाउथ्यो रे आजको प्रेमले शारीरिक तिर्सना बढाउछ रे । हो जस्तो पनि लाग्छ ।
हिजोआजका सयौ परिदृश्य हेर्दा होइन भन्ने ठाउँ भेटिदैन । हिजो प्रेम गरे पनि भेट पातलो । त्यही पातलो भेट्मा पनि तेस्रो व्यक्तिको उपस्थिति । अनि सुरक्षित शरीर लिएर घर फर्कन्थे । आज त लिभिङ टुगेदर जस्ता खतरा खतरा पृप्लानहरु बनिन्छन । छुनु त के हुनेजती सबै पहिले नै ।
हिजो प्रेममा डुबिसकेकाहरुमा भावनात्मक रुपमा उब्जेका साहित्यिक सिर्जनाहरुको बिकास हुन्थ्यो प्रेमको बिषयमा । आज त्यसको ठिक बिपरित शारीरिक सम्पर्कको चाहानामा वृद्धि भएको देखिन्छ । हिजोका प्रेमीहरु कापी कलम समातेर भावनामा बग्दै प्रेमी प्रेमिकाको मन मस्तिष्कमा पुग्ने प्रयास गर्थे । "माया तिमीलाई चाहिएको बखत मुटु फुटाइ मै दिउला रगत ।"
"उष्णताबाट बचाउन तिमीलाई
बादल बनि छहारी दिउला
बलिदानको पाठ सिकाउन तिमीलाई
पागल बनी जहर पिउला !!"
यस्तै यस्ता सृजना हुन्थे । मुटुका धडकन कोरिन्थे । भावनाका छालहरु तर्ङ्गित हुन्थे । टिष्टा रङ्गित जस्ता नामाकरण हुन्थे । प्रेम पिरती र सङ्गम र बिछोड्ले भरिएका उपन्यासहरु मारामार बिक्री हुन्थे । कोठै भरी उपन्यास भेटिन्थ्यो । पढ्ने गर्थे प्रेमी प्रेमिका । अनि आपस आपसमा किताब साटासाट गर्थे । तिनै किताबले सिकाउथ्यो लेख्न !
फुलै फुलको जीवन हाम्रो बासना यसको पृत
भुल्दैमा पनि सम्झिदिनु बाच्ने यहि हो रित ।
फेरि एक थरिकाले लेख्थे
"यो अन्धकार रात किन किन आज कहाली लाग्दो छ
सिरानी जम्मै भिज्दो छ कसलाई कसलाई खोज्दो छ ।"
अनि फेरि लेख्ने गर्थे
फुल झरे पनि पात रहिरहोस
म मरे पनि मेरो माया बाचिरहोस ।"
कसै कसैको प्रेम पत्रमा लेखिएका हुन्थे -" mountain can fly. Ocean can dry. You forget me but I don't forget you. कसैको मा चाहिँ अगेनाको कालो लगाउ है प्रिय तिम्रो निधारमा फेरि अर्कै नजरको आँखा लागिजाला । कसै कसैले चाहिँ उट्पट्याङ लेख्थे ।pen is no pen without cover man is no man without lover . रे । पढ्नै रमाइलो लाग्ने ।
प्रकाश कोबिदको उपन्यास नपढ्ने को होला र उबेला ? नोयो, अनुराधा, सावन भदौ, अर्को जन्म, पुर्णिमा भरोसा, टिष्टा रङ्गित कति हो कति लगभग ४० वटा प्रकाश कोबिदका उपन्यास सबै भेटिन्थे ।शिव कुमार राईको डाक बङ्गाला सबै जान्दथे उबेलाका प्रेमीहरु । दार्जिलिङको उपासक पुस्तक पसलमा पाउनै गार्हो उपन्यासहरु ।
तिनै प्रेम पत्रमा कोरिएका हुन्थे बलिदानका कुरा पुनर्जन्मका कुरा । त्यागका कुरा ।
आफ्नो साहित्यलाई उत्कृष्ट पार्थ्यो प्रेम पत्रले । हरेक पल्ट्का प्रेम पत्रमा आफुलाई झन निखार्दै लगेको पाइन्थ्यो । सयौ पटक पढिरहु जस्तो लाग्थ्यो । त्यही प्रेम पत्र नै आफ्नो प्रेमीको प्रतिबिम्ब जस्तो हुन्थ्यो । तर प्रबिधिको बिकास सङ्गै प्रेम पत्र हराउदै गए । लेख्न छोडिँदै आयो । माया परिवर्तन हुँदै गयो ।
भाषा छोटा र सरल हुँदै गयो । सबै कुरा मोबाइलमा अट्न थाल्यो । छ भनेको xa भयो हुन्छ भनेको hnx भयो । प्रेममा परिवर्तन सङ्गै भाषामा परिवर्त्न आयो । जे लेख्न थालियो । खुलमखुल्ला सेक्स अफर गरिन थालियो । हिजो आफ्ना प्रेमी प्रेमिकाको कपडा कतै च्यात्तिएको देखियो भने कतै काम गरेर भए पनि किनिदिने चलन थियो ताकी उसको लाज ढाकियोस ।
आज त ओहो भिडियो च्याट गरेर लाजको गहना पो देखाउनु भन्छ । कति फरक प्रेम । हाम्रो समय उहीँ हो उस्तै छन मानिस उस्तै छ दिन रात किन यति बिचित्र परिवर्तन ?? हिजो किताब किन्नेहरु आज भिभो ओप्पो ए+ के के हो के के ! आइफोन ट्याप बुझ्नै गार्हो । हिजो जति लामो कपडा उति बढी इज्जत आज जति छोटो उति राम्रो ।
हिजोको प्रेमसङ्गै हुर्केका सोले, पिरती, दिल, दिल और सवनम, चिनो कुसुमेरुमाल माइतीघर खुवै प्यारा थिए । दिल दिवाना दिल सदानाके मानेन हे पगला, यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर माइतीघर चोट लागे तुजको दर्द मुजे ।
हिजोको प्रेमसङ्गै हुर्केका सोले, पिरती, दिल, दिल और सवनम, चिनो कुसुमेरुमाल माइतीघर खुवै प्यारा थिए । दिल दिवाना दिल सदानाके मानेन हे पगला, यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर माइतीघर चोट लागे तुजको दर्द मुझे होताए सबै यसै भन्दै गुनगुनाउथे । नारायण गोपाल नामै काफी थियो । बिस्तारै गीतमा परिवर्तन आयो चोली के पिछे क्या है चुनरीके निछे क्या है ।
गीतले त दिल है भनेर भनिदियो तर बुझ्नेले रिल भनेर बुझ्यो । अनि त्यही चोलीको पिछेको र चुनरीको निचेको रिलमा डुब्न थाल्यो प्रेम । सबै हराए त्यही उदायो । त्यहिरिल्को पछि प्रेमको फिल भयो र आज यो भिन्नता आयो । धेरै भिन्न भयो प्रेम पनि अनि आकास पाताल कै फरक प्रेम पत्र र मोबाइल म्यासेज ।
अस्तु ।
सबै प्रेम पत्रका फोटो गुगलबाट साभार गरिएको हो
0 comments:
Post a Comment