इलाममा केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव २०७८को तयारी पुरा (फोटो फिचर)


इलाम, २४ चैत्रः इलाममा  चैत २५ गते (भोली)देखि वैशाख २ सम्म  ‘केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव २०७८’ को तयारी पुरा भएको छ । नेपाली सेनाको स्वमित्वमा रहेको इलमको ठूलो टुँडीखेलमा मोहत्सव तयारी पुरा भएको आयोजक समितिले जानकारी गराएको छ । 

मेची कोरिडोर भित्र पर्ने नेपालकै होचो भू–भाग केचना देखि उच्च स्थान कञ्चनजंघा हिमाल सम्मका पर्यटकीय गन्तव्र्यहरुको प्रचार–प्रसार गर्दै यी चार जिल्लाका हरेक पालिकामा भएका पर्यटकीय गन्तव्र्यलाई एकै ठाउँमा राखेर जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए ।

इलामको ठूलो टुँडीखेलमा आयोजना गर्नलागिएको महोत्सवमा चार जिल्लाका ४२ पालिकाका आ–आफ्नै स्टल र नीजि क्षेत्रका स्टलहरु ७० राखिने छ । ‘यी चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषीहरुको संस्कृति उनीहरुको रहनसहन, रितीरिवाज, उनीहरुका परिकार, यहाँको कृषि उत्पादन, कृषि पर्यटन पनि महोत्सवका मुख्य आकर्षण हुनेछन् ।’खेलकुदको लागि मात्र प्रयोग हुँदै आएको टुँडिखेल केही वर्ष यता मेला महोत्सवमा पनि प्रयोग हुँदै आएको छ । यस्ता महोत्सवले इलाममा वैकल्पीक खेल मैदन नभएसम्म खेलकुद गतिविधि शुन्य जस्तै हुने छन् ।






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment