इलाम नगरपालिकाले अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै ब्यवसायीको गुनासो


इलाम, चैत्र : अदालतले गरेको फैसला इलाम नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै इलामका एक ब्यवसायीले दुख ब्यक्त गरेका छन् । इलाम बजार ट्याक्सी स्टे्न्डमा सञ्चालित निजि साजेदारी पसल सञ्चालन गर्न कोठा भाडाको सहमती कार्यान्वयनमा जालसाझी गरेको भन्दै इलामका ब्यवसायी कुमार लिम्बूले दुख ब्यक्त गरेका हुन् । इलाम नगरपालिकाले सहमती कार्यान्वयन नगरेपछि उनले उच्च अदालत बिराटनगर इलाम इजलासमा मुद्धा दायर गरेका थिए । सो फैसला आफ्नो पक्षमा भएपनि इलाम नगपालिकाले उल्टै मानसिक तनाव दिएको उनको भनाई छ । इलाम बजारमा निर्माण भएको मासु पसलमा इलाम नगरपालिकाले जारी गरेको सूचना बमोजिम नै काम गरे पनि पछि किर्ते कागज बनाएर आफुमाथी अन्याय गरेको उनले इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन् । 

नगरपालिका जस्तो संस्थाले एक ब्यक्तिमाथी बिभिन्न किसिमका जालसाँझी रच्नु अनौठो भएको उनको भनाई छ । नगरपालिकासँग भएको सम्झौता कार्यान्वयन नभएपछि अदालतमा आफुले मुद्धा दायर गरेको पछि उल्दै नगरपालिकाले झुटा कागज पेश गर्दै किर्ते गरेको अदालतले समेत ठहर गरेको पिडित लिम्बूको भनाई छ  । झटा कागज बनाएको भन्दै अदालतले इलाम नगरपालिका बिरुद्ध फैसला गरेको भएपनि फैसला कार्यन्वयन नगरी अनावश्यक दुख दिएको उनको भनाई छ । फैसला भएको ४८ दिन हुँदा पनि आफुले न्याय नपाएको उनको दुखेसो छ । पछि अदालतको फैसला कार्यान्वयन गर्नु भन्दै अदालतले पत्र लेखेको २८ दिनपछि पनि आफुले न्याय नपाएको उनको भनाई छ । 

निजि साझेदारीमा ब्यवसायिक भवन निर्माण गर्न सुरुमा इलाम नगरपालिकाले २०७६ माघ १३ गते सूचना जारी गरेको थियो । पछि दुई पटक सोही महिनाको १६ र २८ मा पुन सूचना जारी गरेपछि आफुले माघ २८ गते टेण्टर अनुसार प्रस्ताव पेश गरेको उनले बताए । पछि बढाबढमा आफुले सो सटर पाएको र सोही अनुसार किस्ता बापतको रकम जम्मा गरेको उनले बताए । आफ्नो पक्षमा इलाम नगरपालिकाले ०७६ फागुन १५ गते कोठा स्वीकृत गरेको भन्ने पत्र आएको र आफुले ०७६ फागुन १५ गते ६० हजार रकम जम्मा गरेको उनको भनाई छ । पछि दोस्रो र तेस्रो किस्ता क्रमस ०७७ जेठ २८ र ०७७ पुष १४ गते गरेर किस्ता बापतको रकम जम्मा गरेको उनले बताए । 

पछि इलाम नगरपालिकाले जाल रच्दै आफुले पारेको सटर अर्कैलाई दिएको बुझेपछि इलाम नगरपालिकामा जानकारी गराइएको तर उल्टै आफु पिडित बनेको कुमार लिम्बूको भनाई छ 

 । अदालतमा मुद्धा परेपछि इलाम नगरपालिकाले मुद्धा जित्न अनावश्यक काजग पेश गरेको भन्दै उनले आपत्ती जनाए । दुई वर्ष अघि पेश भएको कागजमा दुई वर्ष पछि दर्ता भएको ब्यवसायिक कागज समेत पेश भएपछि अदालतले किर्ते कागज भनी ठहर गरेको उनले सुनाए । 

नगरपालिकाका प्रमुख महेश बस्नेतले हस्ताक्षर गरेको कागजमा ७ भएको अंकलाई पछि शुन्य बनाउने सड्यन्त्र भएको उनको भनाई छ । अदालतमा लेन्स लगाएर हेर्ने काम समेत भयो अनी सड्यन्त्र भएको थाहा भयो । उनले भने । 

आफुले लिएको कोठाको नम्वरमा ७ हुनुपर्ने सुरुमा सोही ७ नम्बर भएपनि पछि सोही अंकलाई घुमाएर शुन्य बनाएको उनको दावी छ । 

इलाम देउमाई नगरपालिका ९ का कुमार लिम्बूले इलाम नगरपालिका, नगर कार्यपालिका, इलाम नगरपालिलकाका मेयर महेश बस्नेत, हाल पसल सञ्चालन गरिरहेका टेकबहादुर श्रेष्ठ लगायत आठ जनालाई बिपक्षी बनाएर मुद्धा दायर गरेका थिए । 

लिम्बूले ०७७ साल फागुन १३ गते मुद्धा दायर गरेका थिए । ७७ साल फागुन १६ गते उच्च अदालत बिराटनगर इलाम इजलासले अन्तरिम आदेश जारी गर्दै उनकै पक्षमा फैसला गरेको थियो । 

इलाम नगरपपालिका ७ इलाम बजार ट्याक्सी स्ट्न्डमा सञ्चालित एमएस एफएफ शुन्य नम्बरको कोठाका लागि आफुमाथी अन्याय भएको उनको भनाई छ । सुरुमा ६ वटा कोठा निर्माण गर्ने भन्दै इलाम नगरपालिकाले सूचना जारी गरेपनि पछि सड्न्त्र रच्दै सात कोठा बनाएको उनको भनाई छ । क्रमश एक, दुई गर्दै छ पछि सात नम्बरको कोठा निर्माण गर्नुपर्ने भएपनि इलाम नगरपालिकाले एकैचोटी एक पछि सात नम्वरको कोठा निर्माण गरेर सड्यन्त्र रचेको उनको भनाई छ ।

अदालतको फैसला समेत कार्यान्वयन नभएपछि उनी हाल सञ्चारकर्मी र पत्रकार समक्ष न्याय नपाएको भन्दै पुग्न थालेका छन् । 

यता इलाम नगरपालिकाका प्रशासकिय अधकृत राम कुमार शाहले अदालतकै फैसला बमोजिम नगरपालिका चल्ने प्रतिवद्धता जनाएका छन् । उनले प्रक्रिया अगाडी बढेकाले समय लाग्ने बताए । टेक बहादुर श्रेष्ठले सञ्चालन गरेको मासु पसल सार्न लगाएको पत्र समेत इलाम नगरपालिकाले दिइसकेको उनको भनाई छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment