डबल डिग्रीहोल्डर प्राध्यापक देखि अधिबक्तासम्म भएका ब्यक्ति वडा अध्यक्षका लागि मत माग्दै पुष्प खड्का


दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ५बाट नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्धार बनेका छन् पुष्प खड्का । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ५ साबिक काटाकुटी गाबिसका बुवा बेद बहादुर खड्का र आमा टिका कुमारी खड्काको कोखबाट जन्मिएका ३१ बर्षिय पुष्प खड्का गाउँघरका चर्चित अनुहार हुन् । सामान्य किसानका छोरा पुष्प गाउँका सहयोगि ,मिलनसार र हरेक दुखमा सहयोगि भुमिका खेल्ने एक असल पात्र भएको बताउँछन् स्थानिय बुद्धिजिबि युवा निरकुमार कार्की । कैलासकुट बहुमुखि क्याम्पसमा समाजशास्त्रका सहायक प्राध्यापकको रुपमा रहेका खड्का एनसेट नेपालको सामाजिक बिकास अधिकृत देखि बिभिन्न परियोजनामा समेत संलग्न थिए । अधिबक्ताका लागि एलएलबि गरेका खड्का समाजशास्त्रमा एमए गरेका र राजनितिशास्त्रमा एमए गरि खड्काले ग्रामिण बिकासमा ब्याचलर समेत गरेका छन् । सानै उमेरमा बुवा गुमाएका खड्काले दुखका राम्रै अनुभुतिहरु गरेका स्थानिय जानकारहरु बताउँछन् ।

काटाकुटीको बिकास बारे पुष्प खड्का भन्छन्, मैले यहाँका नागरिकको जिबन स्तर उकास्न र तल्लो तहका नागरिकलाई स्थानिय सरकारको अनुभुति गराउन पनि गाउँमा आएर अध्यक्ष लड्ने अठोट गरेँ खासगरि उमेरले म धेरै भएको छैन तर हिजोका जनप्रतिनिधिहरुको जस्तो अबस्था नदोहोरियोस भनेर नै मेले आफ्नो निजि जिन्दगीका थुप्रै अबसर त्यागेर निर्बाचनको मैदानमा जनताको सेवाका लागि हाजिर भएको छु । खड्का थप्छन् यदि मैले वडाको निर्बाचनमा बिजयी भएर काम गर्ने सेवा गर्ने मौका पाएँ भने नागरिकहरुलाई बेर्थै मत दिएछ भन्ने अबस्था बनाउँदिन जनताको मतको अपमान कुनै हालतमा हुने छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment