नेपाली कांग्रेस इलाम नगरपालिकाको नगर प्रमुखमाको उम्मेद्वारमा थापा र उप–प्रमुखमा दहाल

इलाम, ११ बैशाखः नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने इलाम जिल्लाका नगर प्रमुख र उप–प्रमुखको टुंगो लगाइएको छ । समाचार श्रोतका अनुसार इलाम नगरपालिकामा नगर प्रमुखमा  केदार थापा र उप–प्रमुखमा बिष्णु दाहाल लिम्बुको नाम टुंगो लगाइएको हो । नेपाली कांग्रेस प्रदेश समितिको बैठकले जिल्लाका नगरपालिकाका उम्मेद्वार टुंगो  लगाएको हो । 
जसमा देउमाई नगरपालिकामा होम दुलाललाई उम्मेद्वार बनाइएको छ । जिल्लाका माई नगरपालिका र सूर्योदय नगरपालिकामा भने नगर उपप्रमुख पदमा मात्र नेपाली कांग्रेसले उम्मेद्धारी दिन पाउने छ । जसमा सूर्योदय नगरपालिकामा उप–प्रमुखमा  दुर्गा बराल र माई नगरपापिलकामा हेमकहादुर लिम्बूले उम्मेद्धारी दिने निश्चित भएको छ ।  
जिल्लाका गाउँपालिकामा भने उम्मेद्धारको टुंगो लागि सकेको छैन । जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी र जनता समाजबादी पार्टीबीच पालिका भागबण्डा भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment