मोटरसाइकल अनियन्त्रित भई ठेलागाडा र स्कुटरमा ठोक्किदा एकको मृत्यु


चितवन । जिल्लाको भरतपुर महानगरपालिका–७ मा मोटरसाइलकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किदा एकको मृत्यु भएको छ । बा६३प ७४०६ नम्बरको मोटरसाइलकल ठेला गाडा र स्कुटरमा ठोक्किदा कोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले दूध बोकेको ठेलागाडा र प्रदेश ०३–०४ प ५३२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर–१५ फुलबारीका २५ वर्षीय एक्सन गौतम रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट ठेलागाडामा दूध बोकेर प्रेमबस्ती चोकतर्फ आउँदै गरेका भरतपुर–७ स्थित युनिक गाईफार्ममा कार्यरत ४६ वर्षीय प्रकाश आले घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment