झापामा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु


झापा, ९ बैशाखः
झापाको बाह्रदशी–३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश२–०३–१९ प १८६४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बाह्रदशी–२ का १९ बर्षीय दिपेश बिष्टको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment