भरतपुर महानगरपालिकाकी मेयर दाहालले दिइन् राजीनामा

९ बैशाख २०७९, शुक्रबार

चितवन । जिल्लाको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् । मेयर दाहालले शुक्रबार (आज) उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उपमेयर ठकुरीले उनको राजीनामा स्वीकृत गरेकी छन् ।
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्नका लागि दाहालले आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि मेयर दाहालले राजीनामा दिएकी हुन् । सत्तारुढ गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरको मेयर माओवादी केन्द्रले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment