इलाम रोङको जौबारीमा चिण्डोको स्तम्भ रहनेगरी सोलोम्वो चोक र वाबुक पार्क बन्दै

  • गोविन्द पौडेल

इलाम, ९ बैशाखः  रोङ ६ को जोवारीमा राईजातीको सस्कृतिसग जोडीएको चिण्डोको  स्तम्भ रहने सोलोम्वो चोक र वाबुक पार्क बन्न थालेको छ ।
बहुसख्यक राईहरुको बसोवास रहेको हरकटे दैले जौवारी लामिटार सडककाो छेउमा जौवारीमा रोङ गाउपालिकाको आर्थिक सहयोगमा ‘वाबुक’ पार्क बनाउने भएको हो ।
यसैगरी सोही सडकको काफल डाडो (पुमा टोल)को जिर्मले कुवापानी दोवाटोमा बिदेशमा रहेका स्थानिय युवाहरु जिवन राई, मित्र टाङलुवा राई, मिलन राई,दिनेस राई,दिपेन राईको आर्थिक सहयोग र स्थानिहरुको श्रमदानबाट सोलोम्वोको प्रतिक बन्न थालेको छ । सो स्तम्भमा किसात सस्तृतिसग रहने खुर्मी ,टोटला (केराको टुप्पो) र अदुवाको समेत निर्माण गरिने भएको छ ।
चिण्डोको स्तम्भ स्थानिय कालीगढ मदन कुमार राई र वलबहादुर राईले बनाउनु हुने र आगामी जेठ ३ गते उभौलीको दिन अनावरण गरिने भएको छ ।
‘सोलोब्वो’ किरातहरुको पितृ ९कुल ० मा प्रयोग गरिने चिण्डो हो भने ’वाबुक शुभकार्यमा प्रयोग गरिने चिण्डो हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment