इलामकाे रोङमा एमालेले टुङग्यायो उमेद्वार चयन, अध्यक्षमा मेहरमान


इलाम, ९ बैशाख ः इलामको रोङ गाउँपालिकामा नेकपा एमालेको सबै उम्मेद्वार टुङगो लागेका छन् ।
एमाले रोङको शुक्रबार कुटिडाँडामा बसेको बैठकले उम्मेद्वार सर्बसहमत रुपमा टुङगो लगाएको हो । गाउँपालिका अध्यक्षमा पदमा रोङ ४ का मेहरमान तामाङ र उपाध्यक्षमा बिष्णुमाया भुजेल रोङ ३ लाई सर्बसहमत चयन गरेको बताइएको छ ।


आकाक्षीहरु धेरै भए पनि सर्बसहमत गराउन सफल भएको एमाले रोङका अध्यक्ष खड्ग आले मगरले बताए । अध्यक्ष पदका उम्मेद्वार तामाङले साबिक कोल्बुङ गाउ बिकास समितिको पार्टी अध्यक्ष हुनु । तामाङ सरल र जनता सग मिजासिलो स्वभावका रहेकाले अध्यक्ष पदमा उम्मेद्वार चयन गरिएको बताइएको छ ।
उपाध्यक्षको उम्मेद्वार खवास यस अघि २०७४ को स्थानीय निर्बाचनमा पनि एमाले बाट उपाध्यक्षकै उम्मेद्वार रही पराजित भएकी थिइन् । एमालेको बैठकले वडाका उम्मेद्वारहरु पनि निक्र्योल गरेको छ ।
वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी सग चुनाबी तालमेल गर्ने भएको छ । वडा सदस्यमा एक जना राप्रपाले उम्मेद्वारी दिने छन् भने बाकी पदमा एमालेले उम्मेद्वारी दिने भएको हो । जस अनुसार वडा अध्यक्षमा मनकुमार खड्का (मनोज) दलित महिला सदस्यमा लक्ष्मी नेपाली, महिला सदस्यमा सरिता सुनुवार (मुखिया) र खुल्ला सदस्यमा टिण्डु लाप्चा चयन भएका छन् । त्यसैगरी वडा नम्बर २ मा वडा अध्यक्षमा पूर्ण बहादुर तामाङ र सदस्यहरुमा दया रसाइली नानु तामाङ इन्द्रप्रसाद कुइकेल र माधब प्रसाद सुबेदी चयन भएका छन् ।
त्यस्तै वडा नम्बर ३ बाट वडा अध्यक्षमा दिलीप राई र सदस्यहरुमा इन्दिरा देबी बिश्वकर्मा, शुष्मा निरौला अमृत बहादुर भुजेल र प्रेमराज गुरुङ रहेका छन् । त्यसैगरी वडा नम्बर ४ को अध्यक्षमा राजकुमार लाप्चा र सदस्यहरुमा बालकुमारी बिश्वकर्मा, मिना देबी तामाङ, बिक्रम मगर र हर्कबहादुर मगर रहेका छन् ।
वडा नम्बर ५ को अध्यक्षमा युवराज खाप्तुवा राई सदस्यहरुमा शोभा दर्जी महतरा जयमाला राई तीर्थराज ढुङेल र कर्ण बहादुर लाप्चा रहेका छन् । वडा नम्बर ६ को अध्यक्षमा सत्यम राई र सदस्यहरुमा तारा गहतराज मन कुमारी योन्जन राज चाम्लिङ राई र जीवन राई रहेको पार्टी अध्यक्ष आले मगरले जनाएका छन् ।
यसैबीच चुनाब प्रचार प्रसारमा सहजता ल्याउन ८७ सदस्यीय निर्बाचन परिचालन समिति पनि गठन भएको छ । पार्टी अध्यक्ष खड्ग आले मगरको सम्योजकत्वमा बनेको समितिको सचिबमा तुलसीराम न्यौपने रहेका छन् ।
पूर्वाञ्चल दैनिकबाट साभार 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment