इलामका अधिकांश पालिकामा एमालेले टुङ्ग्यायो उम्मेदवार

  • रोहितचन्द्र भट्टराई, 

इलाम, ५ बैशाख। स्थानीय निर्वाचन नजिकिएसँगै गाउँगाउँमा चुनावको सरगर्मी बढेको छ । कतै व्यक्तिव्यक्तिबीच उम्मेद्वार बन्न दौडधुप छ भने कतै गठबन्धनमा भाग पाउन तानातान छ त कतै दलभित्रै ब्यक्ति मिलाउन तहसनहस भइरहेको छ । इलाममा पनि त्यसै गरी राजनीति तातिएका बेला उम्मेद्वार दाबी गर्नेहरुको नाम सार्वजनिक भइरहेका छन् ।


सत्तारुढ गठबन्धनको जिल्लास्तरीय संयन्त्रले अहिलेसम्म कुनैपनि पालिकामा प्रमुखदेखि वडासदस्यसम्मको भाग बाँडफाँट मिलाउन नससकेको अवस्थामा प्रतिपक्षी दल नेकपा एमालेले अधिकाँश पालिकामा नाम टुङ्गो लगाएर सिफारिस गरेको छ । जिल्लाको सदरमुकाम रहेको इलाम नगरपालिकामा भने एमालेले प्रमुख र उपप्रमुखमा अझै टुड्गो लगाएको छैन ।
एमालेबाट इलाम नपाको प्रमुखमा चारजनाले दाबी गरेका छन् । बर्तमान नगरप्रमुख महेश बस्नेतको दाबी नरहेको पार्टीले जनाएको छ । दाबी गर्नेमा धिरेन चेम्जोङ, श्यामकृष्ण घिमिरे, कृष्ण श्रेष्ठ र नरेन्द्र भट्टराई छन् । उप प्रमुखमा सिता रिजाल, चित्रमाया गुरुङ, विध्या सापकोटा र शारदा उप्रेतीले दावी गरिरहेकाले मिल्न बाँकी रहेको पार्टीले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ८ बाहेक सबैमा वडाध्यक्ष टुङ्गो लागिसकेको छ । ८ मा बद्री खड्का र निरोज राउतको दाबी रहेको बुझिएको छ । वडा न १ मा अम्बिका गौतम, २ मा गिरिराज रिजाल, ३ मा हेमन सुनुवार, ४ मा धनपति दुलाल, ५ मा गृष्म सुब्बा, ६ मा गायत्रा थेगिम, ७ मा सुमन श्रेष्ठ, ९ मा ललित चौहान, १० मा रोम लुङ्गेली, ११ मा टासी जबेगु र १२ मा नविन लिङ्दमको नाम वडाध्यक्षमा एमालेले सिफारिस गरेको छ । १ का गौतम र १० का लुङ्गेली २०७४ मा एमालेबाटै विजयी वडाध्यक्ष हुन् भने ७ का श्रेष्ठ एमालेबाट पराजित भएका थिए ।
देउमाई नपामा एमालेबाट प्रमुखमा सूर्य पोख्रेल र उपप्रमुखमा पविमाया राई (पुष्पा) को उम्मेद्वारी पर्ने भएको छ । पोख्रेल र राई दुवैजना एमालेबाटै निर्वाचित बर्तमान प्रमुख उपप्रमुख हुन् । एमालेले देउमाई १ मा मिनराज श्रेष्ठ, २ मा नरबहादुर (निशान) मगर, ३ मा तेजबहादुर कटुवाल, ४ मा भिमलाल खनाल, ५ मा तिलकबहादुर तामाङ, ६ मा डेबिट साउदेन, ७ मा निरबहादुर चौलागाइ, ८ मा चन्द्रबहादुर मगर र ९ मा प्रेमसागर बराललाई वडाध्यक्षमा उम्मेदवार बनाउने गरि सिफारिस गरेको छ । ८ का चन्द्र मगर यसअघि पनि एमालेबाट विजयी वडाध्यक्ष हुन् ।
माई नपामा एमालेबाट प्रमुख ६ जना र उपप्रमुखमा १० जनाले दाबी गरेपछि मिल्न सकेको छैन । बर्तमान प्रमुख दीपककुमार थेवे, उपप्रमुख विष्णुमाया रिमालसहित एमाले जिल्ला कमिटी सचिवालय सदस्य बुद्धि खनाल, पार्टी नगर अध्यक्ष खम्वसिंह लिम्वू, प्रदेश सदस्य ध्रुव श्रेष्ठ र साविक दानावारी गाविसका पूर्व अध्यक्ष समेत रहेका प्रदेश सदस्य रत्नबहादुर अधिकारीले प्रमुखमा दाबी गरेका हुन् । उपप्रमुखमा रुपा राई, हिमा भण्डारी, रञ्जिता भट्टराई, कुमारीमाया आले मगर, शान्ता थेगिम, कृष्णकुमारी थापा, मुखराज आङ्दम्वे, सन्तराम योङ्हाङ, धनबहादुर आङ्दम्वे र मोहन देवानको दाबी छ । माई नपाको १० वटा वडाहरुमा वडाध्यक्ष पनि एमालेले टुङ्गो लगाउन सकेको छैन । ९ नम्बर वडामा भने लिला बान्तवालाई एमालेले वडाध्यक्षमा उठाउने भएको छ ।
सूर्योदय नगरपालिकामा एमालेका तर्फबाट हाल प्रदेश सभा सदस्य रहेका काजीमान कागते, हाल उपप्रमुख रहेकी दुर्गादेवी भट्टराई, ज्याजीमा तामाङ, सावित्रा शिवा, नगर कमिटी सचिव पारस राई र देउकुमार दाहालके नाम हलबाट उठेपनि अगामी ६ गते मात्र टुङ्गो लाग्ने बताइएको छ । प्रमुखमा प्रदेश सदस्य कागते र उपप्रमुखमा भट्टराईलाई उम्मेद्वार बनाउने बढी सम्भावना भएको कार्यकर्ताको बुझाइ छ । सूर्योदयका १४ वटा वडाहरुमध्ये १, ६, १० र ११ बाहेक अरु वडामा वडाध्यक्षका उम्मेदवार पनि एमालेले सिफारिस गरिसकेको छ ।
वडा नम्बर २ मा डिक बम्जन, ३ मा होम कार्की, ४ मा कमल घिमिरे, ५ मा नारायण चम्लागाई, ७ मा डम्बर कटुवाल, ८ मा इकाराम प्रधान, ९ मा नेत्रकुमार तिम्सिना, १२ मा तिर्थ आचार्य, १३ मा हेमराज आचार्य र १४ मा पदम तामाङ वडाध्यक्षका उम्मेदवारका लागि सिफारिस भएका हुन् । वडा नम्बर ६ मा खिरदल गुरुङ, तुलसा खत्री र घनश्याम तिवारी, १० मा अभिषेक पौडेल, रोहित भट्टराई, दुर्गाबहादुर राई र शंकर गदाल तथा ११ मा किशोर राई र ललिता नेपालको वडाध्यक्षमा दाबी रहेकोले मिल्न बाँकी रहेको सचिव पारस राईले बताए ।
त्यसैगरि एमालेले रोङ गाउँपालिकाको प्रमुखमा निरमान तामाङ र उपप्रमुखमा सकुनी राईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । रोङ १ मा मनोज खड्का २ मा पूर्णबहादुर तामाङ ३ मा दिलिप राई ४ मा इन्द्र लेप्चा ५ मा युवराज खाप्तुवा र ६ मा सत्यम राईलाई एमालेले वडाध्यक्षका लागि सिफारिस गरेको छ ।
यता चुलाचुली गाउँपालिकामा प्रमुखमा ओमनारायण खनाल र अनुप अधिकारी आकांक्षी बनेका छन् भने चुलाचुलीको उपप्रमुखमा एमालेले संघीय लिम्बुवान पार्टीसँग गठबन्धन गरी सो पार्टीकी अध्यक्ष दिलु लावतीलाई उम्मेदवार बनाउने भएको छ । चुलाचुली १ मा लिम्बुवानबाट उम्मेदवार नभए एमालेका बलिभद्र कोइराला तथा अन्य वडामा एमालेकै उम्मेदवार बन्नेछन् । ३ मा देउमान गिरी, ४ मा मोहन तुम्रोंक र कुमार राई, ५ मा शिव थापा, बुद्धि सम्बाहाम्फे र चन्द्र थापा, ६ मा प्रकाशचन्द्र श्रेष्ठ र बिनु दाहालको नाम एमालेमा चर्चामा छ ।
माईजोगमाई गाउँपालिकामा प्रमुखका लागि एमालेमा कुशबहादुर राई, खगेन्द्र घिमिरे र गणेश राईको नाम आएको छ भने उपाध्यक्षमा अहिलेकै उपप्रमुख सावित्रा भट्टराई, मनकला कार्की र टीका भण्डारीले दाबी गरेका छन् ।
वडाध्यक्षका लागि वडा नम्बर १ मा याम कार्की र नोम खतिवडा, २ मा गणेश सुबेदी, ३ मा वीरबहादुर देवान, ४ मा दुरन देवान र योगेन्द्र पौडेल, ५ मा निर्मलधोज राई तथा ६ मा दिपेश सोङ्मी र भवानी लिड्ङ्दमको नाम आकाड्क्षीमा छ ।
फाकफोकथुम गापामा अध्यक्षमा चारजना दिपेन्द्र खनाल, प्रेमराज लिम्बु, छत्र सुब्बा र बम निरौला आकाङ्क्षी भएकाले मिलाउन बाँकी रहेको एमालेले जनाएको छ । त्यस्तै उपाध्यक्षमा बर्तमान उपाध्यक्ष सरस्वती राई सरु, गायत्रा रेग्मी र कल्पना राईको दाबी भएपनि सरुले पदमा रहँदा केही पार्टी हित विपरित कार्य गरेको भन्दै उनलाई उम्मेदवार नदिने बुझिएको छ । फाकफोकथुमका वडाध्यक्षहरुको पनि टुङ्गो लागेको छैन ।
बाँकी सन्दकपुर र माङ्सेबुङ गाउँपालिकामा पनि एमालेको उम्मेदवारी तय भइनसकेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment