झापामा लागूऔषध सहित दुई जना पक्राउ


झापा  ५ बैशाख । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका–८ स्थित नवदुर्गा सुनचाँदी पसल सञ्चालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका–७ तेह्रथुम घर भई विर्तामोड–८ स्थितमा अटो टेम्पो ग्यारेज संचालन गरी वसेका २७ बर्षीय धनबीर बराल रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment