भोजपुरको सात पालिकामा सत्तारुढ गठबन्धनको भागबण्डा, दुईमा प्रतिस्पर्धा गर्ने

७ बैशाख २०७९, बुधबार

भोजपुर । भोजपुरमा सत्तारुढ गठबन्धनले भागबन्डा मिलाएको छ । मंगलबारको बैठकले जिल्लाको सात पालिकामा गठबन्धन गर्ने र दुई पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर राई काङमाङका अनुसार जिल्लाको नौ पालिकामध्ये कांग्रेसलाई पाँच र नेकपा माओवादी केन्द्र दुई पालिका प्रमुख दिने सहमति भएको छ ।
उनका अनुसार भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्के मैयु गाउँपालिका, सालपा सिलिचो गाउँपालिका र हतुवागढी गाउँपालिकाको प्रमुख कांग्रेसले पाएको छ । माओवादी केन्द्रलाई रामप्रसाद राई गाउँपालिका र पौवादुङ्मा गाउँपालिकाको अध्यक्ष दिने सहमति भएको छ ।
माओवादी केन्द्रले षडानन्द नगरपालिका, सालपा सिलिचो गाउँपालिका हतुवागढी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पाएको नेता राईले बताए । रामप्रसाद राई र पौवादुङ्मा गाउँमा कांग्रेसले उपाध्यक्ष लिएको छ ।
भोजपुर नगरपालिकाको र टेम्के मैयु गाउँपालिका उपप्रमुख तथा उपाध्यक्ष नेकपा एकीकृत समाजवादीले पाएको छ । उनका अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा जनता समाजवादी पार्टी र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार हुने सहमति भएको छ ।
आम्चोक र अरुण गाउँपालिकामा भने चुनावी प्रतिस्पर्धा हुने र गठबन्धन दल बाहेकका अरुसँग चुनावी मोर्चा बने कारबाही गर्ने सहमति भएको काङमाङले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment