भागबण्डा मिलाउन रातारात बैठक, राति १० देखि बिहान २ बजेसम्म छलफल गर्दापनि जुटेन सहमति

७ बैशाख २०७९, बुधबार


काठमाडौं । सत्ता गठबन्धन दलभित्र महानगर र उपमहानगरको भागबण्डा गएरातिको ४ घण्टा लामो बैठकपछि पनि मिलेन ।

मंगलबार दिउँसो सहमति जजिक पुगेको बैठकलाई जसपा अध्यक्ष उपेन्द्र यादलवले आफू उपस्थित नभएको बैकठले गरेको निर्णयमा सहमत नभएपछि राति १० बजेदेखि पुन: बैठक बसेको थियो । यद्यपि सहमति नजुटेको एक नेताले बताए । ती नेताका अनुसार मंगलबार राति १० बजेदेखि बुधबार बिहान २ बजेसम्म गठबन्धनको बैठक बसेको थियो ।


बैठकमा शीर्ष नेताहरुको सहभागिता रहेको थियो । अब सहमतिका लागि बुधबार (आज) बिहन ११ बजे पुन गठबन्धनको बैठक बस्ने बताइएको छ । खासगरी खासगरी मंगलबार रातिको बैठकमा ६ महानगरका नेतृत्वका लागि छलफल भएको बताइएको छ । जसमा काँग्रेसले ३ र बाँकी दलले एक एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको बताइएको छ ।

यसलाई बुधबारको बैठकले नै अन्तिम रुप दिने छलफलमा सहभागी एक नेताको दाबी छ । त्यस्तैगरी उपमहानगरतर्फ मंगलबार दिउँसोको सहमतिमा घोराही र जितपुर सिमरा उपमहानगर मेयर माओवादी केन्द्रको भागमा राखिएको थियो ।

हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा राखिने सहमति थियो । तर, जनकपुर र नेपालगन्जमा भने कांग्रेस र जसपाको अडान रहेपछि उपमहानगरमा सहमति जुट्न सकेन।

त्यस्तै इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढी मेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।

जनकपुर जसपालाई दिने सहमति थियो । राति ती दुई उपमहानगरमै सहमति जुट्न नसकेपछि बैठकबाट नेताहरू उठेका थिए।

त्यस्तैगरी उपमेयरतर्फ कांग्रेसले जनकपुर, हेटौंडा, जितपुर सिमरा र घोराही उपमहानगर उपमेयर लिने धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रलाई दिने सहमति मंगलबार दिउँसो भएको थियो ।

त्यस्तै, एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिने तथा जसपाको भागमा कलैया उपमहानगरपालिका उपमेयर दिने सहमति थियो ।

नेपालगन्ज उपमेयर जसपा र धनगढी उपमेयर माओवादीले राख्ने सहमति थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment