भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका दुर्गाप्रसाद घर छोडेर हिडे, खोजि गरिदिन परिवारको आग्रह


इलाम, ५ बैशाखः भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना आफ्नो घर छोडेर हिडेका छन् । उनी हिजो (आइतबार) विहान घरबाट हिडेको र अहिले सम्म नर्फके पछि परिवारले खोजिगरिदिनुहुन आग्रह गरेको छ ।  उनका भतिज गोपाल तिम्सीनाले भने मानसिक रुपमा केही समस्या भएका वडिवा कहिले काही गाउँमा जानुहुन्थ्य साँझमा र्फकनु हुन्थ्यो तर हिजो भने फर्कनु भएन । आफन्तकामा पनि जानुभएको छैन । उनले प्रहरीमा पनि खबर गरिसकेको र कसैले कतै देख्नु भएमा नजिकको प्रहरी कार्यलयमा खबर गरिदिनुहुन वा परिवारको नम्बर ९८४२००२३५४ वा ९८४२६२७४५१ मा खबर गरिदिनहुन समेत आग्रह गरेका छन् ।

पश्चिम बंगालकी एक महिलाको हत्या आरोपमा दुर्गाप्रसादलाई पक्राउ गरी पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो । जेल परेको ४० वर्षसम्म उनको मुद्दामा कुनै सुनुवाइ नभएको थाहा पाएपछि २०७७ चैत ७ मा कोलकाता हाइकोर्टले तिम्सिनालाई छाड्न आदेश दिएको थियो ।


कोलकातास्थित दमदम कारागारमा रहेका दुर्गाप्रसाद त्यहाँबाट छुटेपछि भोलिपल्ट आफ्नो घर इलामको माई नगरपालिका–१० लुम्बाक फर्किएका थिए । हाइकोर्टले महावाणिज्य दूतावासमार्फत ६÷६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको थियो। घर फर्केपछि मानसिक स्वास्थ्यमा थप समस्या देखियो ।


लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारका लागि विराटनगर लगेर फर्काइएको थियो । १७ दिन उपचार गर्दा पनि पूर्ण रूपमा निको नभएकाले मानवसेवा आश्रममै लगिएको गोपालले बताए । उनको उपचारका लागि प्रदेश १ सरकार र माई नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन् ।

२०३७ साल माघमा २० वर्षको उमेरका दुर्गाप्रसाद घर छाडेर बेपत्ता भएका थिए । त्यतिबेला उनको घर एकतप्पा गाउँ पञ्चायत–८ खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) मा थियो । तर, पछि उनको परिवार लुम्बाकमा बसाइँ सरेको थियो । घर छाडेकै वर्ष उनलाई हत्या आरोप लागेको थियो । २०७७ फागुनमा उनी दमदम कारागारमा छन् भन्ने पत्तो लागेपछि उद्धार गरिएको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment