इलाममा जातीय विभेद विरुद्ध जागरण अभियान


इलाम, ४ बैशाखः जातीय विभेद अन्त्य र समतामूलक समाजको लागि जागरण अभियान सम्पन्न भएको छ । "हाम्रो आवाज : विभेदमुक्त समाज" भन्ने नारा सहित समता फाउन्डेसनको सहकार्य र दलित जनअधिकार मंच नेपालको संयोजनमा एउटा क्याम्पस र २ वटा विद्यालय ४०० भन्दा धेरै विद्यार्थी विच जागरण कार्यक्रम सप्पन्न भएको हो ।


दलित अधिकार कर्मि एवं अभियान्ता प्रकाश परियारले सहजीकरण गरेको कार्यक्रममा नेपालको संविधानमा भएको छुवाछूत तथा भेदभाव विरुद्धको हक, जातिय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ एवं विभेद अन्त्य र समाज रुपान्तरणको सवालमा सहजीकरण गरिएको थियो । 
इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस, आदर्श मा.वि. र अमर मा.वि. मा भएको कार्यक्रममा संचारकर्मि विक्रम सुन्दासले संचालन गर्नु भएको थियो । विज्ञान र प्रविधिको उच्चतम फड्को मार्दा समेत असमानता, दमन र विभेदले अझै नेपाल आक्रान्त रहेकोले जातिय विभेद अन्त्य र समतामूलक समाज निर्माणक लागि जागरण कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।


समाजमा रहेको जातिय विभेद र छुवाछुतलाइ अन्त्य नगरेसम्म समाज परिवर्तन हुन नसक्ने भएकोले ऐनको कडाई पुर्वक कार्यान्वयनमा जोड दिएको थियो । ऐनमा अनुसार जातीय विभेद तथा छुवाछुत गर्नेलाइ २ महिना देखि ३ बर्ष सम्म कैद वा २० हजार देखि २ लाख सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको छ । 
त्यसैगरि पटकै विच्छे अपराध गर्नेलाइ दोब्बर, विभेद गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने वा उक्साउनेलाइ मुख्य कसुरदारलाइ हुनेको आधा र सार्वजनिक पदधारण गरेका भए थप ५० प्रतिशत सजाय हुने ब्यवस्था रहेको छ । कार्यक्रम सबै खाले जातिय विभेद, विभेद तथा छुवाछूत गरेको मानिने अवस्था, कानुनी उपचार, समाज रुपान्तरणको सवाल, विभेद अन्त्यको लागि हाल सम्म बनेका ऐन र कानुन  साथै विभेद अन्त्यमा युवा विद्यार्थीको भुमिका र महत्त्व बारेमा अभिमुखिकरण गरिएको थियो । 

समता फाउन्डेसनले देशै भरि जातिय विभेद तथा छुवाछूत विरुद्ध विभिन्न कार्यक्रम, दलित जनप्रतिनिधि नेतृत्व विकास, संविधान र ऐन कानुनको कार्यान्वयनको सवालमा कार्यक्रम, अधिकार प्राप्तिको लागि विभिन्न कार्यक्रम अभियानका साथै अध्ययन अनुसन्धान गरि प्रकाशन र प्रशारण गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment