झापाको मेचीनगरमा लागूऔषध सहित तीन जना पक्राउ


झापा,  ४ बैशाख । झापाको मेचीनगर नगरपालिका–६ बाट लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कांकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो कांकडभिट्टाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई सहित पक्राउ गरेको हो ।
मे ५ प ५६५ नम्बरको स्कुटरमा भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका–२ का २६ बर्षीय अमृत राई र २२ बर्षीय सन्तोष ढकाललाई चेकजकाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको थियो ।
यसैगरी सोही स्थानमाबाट दमक नगरपालिका–५ का २२ बर्षीय राजेश गुरुङ लागूऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् । गुरुङलाई लागूऔषध डाईजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment