इलाममा चार सय २५ पदका लागि १४ सय ५६ जनाको उम्मेद्वारी


इलाम, १३ बैशाख :  इलाम जिल्लाका चार नगरपालिका सहित दश स्थानिय तहमा जम्मा एक हजार चार सय ५६ जना उमेद्धारको उमेद्धारी परेको छ ।
जिल्लामा रहेका ८१ वटा वडामा वडाध्यक्ष सहित पाँच जना र १० स्थानिय तहमा प्रमुख र उपप्रमुख गरि जम्मा चार सय २५ पदका लागि १४ सय ५६ जनाको उम्मेद्धारी परेको हो । सोमबार उमेद्धार मनोनयनपत्र दर्ता गर्ने अन्तिम समयसिमाभित्र सो संख्यामा मनोनयन पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जानकारी दिएको छ । 
इलाम नगरपालिकामा विभिन्न दल र स्वतन्त्र गरी  दुई सय जनाले  उमेद्धार मनोनयन पत्र दर्ता गराउनु भएकोे छ । प्रमुखमा ६ जना र उपप्रमुखमा ७ जनाको उमेद्धारी परेको छ । सत्तारुढ गठवन्धनबाट केदार थापा र नेकपा एमालेबाट धिरेन चेम्जोङले उमेद्धारी दिनुभएको छ । उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी बिष्णु दाहालले मनोनयन दर्ता गराउनु भएको छ । एमालेका तर्फबाट सिता रिजालले मनोनयन दर्ता गराउनु भएको छ । एकिकृत समाजबादीका तर्फबाट डिकेन्द्र दाहालले मनोनयन दर्ता गराउनु भएको छ ।
सूर्योदय नगरपालिकामा जिल्लाकै धेरै दुइ सय ९४ जनाको उमेद्धार मनोनयन पत्र दर्ता भएको छ । प्रमुखमा र उपप्रमुखमा पाँच पाँच जनाको उमेद्धारी परेको छ । गठवन्धनबाट नेकपा एकिकृत समाजबादीका रणबहादुर राई र नेकपा एमालेबाट काजीमान कागतेको प्रमुख पदमा उमेद्धारी दर्ता भएको छ । सूर्योदय नगरपालिकामा नेकपा एमालेबाट नगर उपप्रमुखमा निवर्तमान उपाध्यक्ष दुर्गा भट्टराईको मनोनयन दर्ता भएको छ । गठबन्धनबाट निवर्तमान उप प्रमुखमा नेपाली कांग्रेसका दुर्गा बरालले मनोनयन दर्ता गराउनु भएको छ । 
माइ नगरपालिकामा जम्मा दुइ सय ६ जनाको मनोनयन पत्र दर्ता भएको छ । प्रमुखमा नौ जना र उप प्रमुखमा चार जना प्रतिष्पर्दामा रहेका छन् । 
गठबन्धनबाट माओवादीका धनबहादुर लिम्बु उमेद्धार बन्दै मनोनयन दर्ता गराउनु भएको छ । असन्तुस्ट जनाउँदै भएसँगै नेपाली कांग्रेसका अर्जुन काफ्ले र माओवादीकै नेता भक्त बहादुर लुङ्गेली स्वतन्त्र उम्मेद्वारी दिनु भएको छ । एकिकृत समाजवादीका अनिलकुमार तामाङले पनि उम्मेद्वारी दिनुभएको छ । माई नगरपालिकामा मंगोल नेशनलका चन्द्र कुमार फागो, राष्ट्रिय जनमूक्तिका गंगा प्रसाद थेगीम, र राप्रपाका लालबहादुर थापाले प्रमुख पदमा मनोनयन गराउनु भएको छ ।  त्यस्तै उपप्रमुखमा नेकपा एमालेबाट हिमा भण्डारी, मंगोल नेशनल बाट सपना राई, नेपाली कांग्रेसबाट हेम बहादुर लिम्बु र राजपा बाट रुपमाया लिम्बु रहनु भएको छ ।
देउमाई नगरपालिकामा जम्मा एक सय ३५ जनाको उमेद्धारी दर्ता भएकोमा प्रमुखमा पाँच र उप प्रमुखमा पाँच जनाको उमेद्धारी दर्ता भएको छ । 
देउमाई नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट होम दुलालले मनोनयन दर्ता गराउनु भएको छ । उपप्रमुखमा भने गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका राम राईले मनोनयन दर्ता गराउनु भएको छ । एमालेका तर्फबाट प्रमुख र उपप्रमुख  सूर्य पोख्रेल र पविमाई राईले मनोनयन दर्ता गराउनु भएको छ । 
माइजोगमाई गाउँपालिकामा जम्मा ७७ जनाको मनोनयन पत्र दर्ता भएको छ । यस मध्ये ४ अध्यक्ष पदमा र तीन उपाध्यक्ष पदमा मनोनयन पत्र दर्ता भएको छ । नेकपा एमालेबाट माईजोगमाई गाउँपालिकाको अध्यक्ष पदमा कुशबहादुर थेवेको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष सावित्री भट्टराईको उम्मेद्वारी परेको छ । त्यस्तै गठबन्धनबाट निवर्तमान अध्यक्ष जीतबहादुर राई र उपाध्यक्षमा कांग्रेसबाट प्रविना राईको उम्मेद्वारी परेको छ । 
फाकफोकथुम गाउँपालिकामा जम्मा एक सय २५ जनाको उमेद्धारी दर्ता भएकोमा पाँच पाँच जनाको अध्यक्ष र उपाध्यक्ष पदमा उमेद्धार मनोनयन पत्र दर्ता भएको छ ।
फाकफोकथुम गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा कल्पना राईको उम्मेद्वारी परेको छ । गठबन्धनबाट अध्यक्षमा डिकबहादुर थापाको उम्मेद्धारी दर्ता भएको छ । उपाध्यक्षमा काङ्ग्रेसबाट भद्रमाया खड्का, माओवादीबाट कुल बहादुर वान्तावा, मंगोल नेशनलबाट सोनिया योङहाङ लिम्बु, स्वतन्त्र–तेज प्रकाश पौड्यालको उम्मेद्धवारी  परेको छ ।
चुलाचुली गाउँपालिकामा एक सय ५५ जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । अध्यक्ष पदमा नौ जनाको र उपाध्यक्ष पदमा ६ जना उमेद्धारको मनोनयन पत्र दर्ता भएको छ । चुलाचुली गाउँपालिकामा अध्यक्ष पदका लागि  नेकपा एमालेका ओमनारायण खनाल र उपाध्यक्षमा दिलकुमारी लिम्बूको उम्मेद्वारी परेको छ । त्यस्तै गठबन्धनबाट अध्यक्षमा  नेपाली कांग्रेसका राजेन्द्र केरुङ र उपाध्यक्षमा माओवादीको तर्फबाट तुला लावतीको उम्मेद्धारी परेको छ । 
माङ्सेवुङ गाउँपालिकामा जम्मा ७९ जना उमेद्धार मध्ये अध्यक्ष पदमा चार जनाले र उपाध्यक्ष पदमा दुइ जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । माङसेबुङ गाउँपालिकाको अध्यक्ष पदका लागि गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जनता समाजवादीबाट विनोद नेम्वाङको उम्मेद्वारी परेको छ । नेकपा एमालेबाट हेमन्त राई र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष सुनिता राईको उम्मेद्वारी परेको छ ।
रोङ गाउँपालिकामा एक सय चार जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । अध्यक्ष पदमा ६ जना र उपाध्यक्षमा चार जनाले उमेद्धारी दिएका छन् । नेकपा एमालेबाट रोङ गाउँपालिकाको अध्यक्ष पदमा मेहरमान तामाङ र उपाध्यक्ष पदमा विष्णुमाया खवासको उम्मेद्वारी परेको छ । त्यस्तै गठबन्धनबाट अध्यक्षमा मनिकुमार स्याङ्वो (सुवास) र कल्पना भण्डारीको उम्मेद्वारी परेको छ । गठबन्धनमा दुवै पद कांग्रेसले पाएको थियो ।
 सन्दकपुर गाउँपाकिलामा जम्मा ८१ जनाको उमेचद्धारी परेको छ । अध्यक्ष पदमा ६ जना र उपाध्यक्ष पदमा चार जना उमेद्धारले मनोनयन पत्र दर्ता गरेका छन् । सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा तुलाराम गुरुङ र उपाध्यक्षमा एकिकृत समाजवादीका हरिलुङ्गेलीको उम्मेद्वारी परेको छ । त्यस्तै नेकपा एमालेका विर्तमान अध्यक्ष उदय राई र उपाध्यक्षमा तुलसा देवि सेइाईले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमाले जिल्ला कमिटी इलामका सचिव रहेका उमेस गुरुङले सचिव पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेद्वारी दिनु भएको छ ।  
इलाम जिल्लामा चुनाव चिन्ह सहित उमेद्धार बन्न पाउने १७ वटा राजनैतिक दल दर्ता भएका छन् । भने स्वतन्त्र रुपमा पनि विभिन्न पदमा उमेद्धारहरुले मनोनयन पत्र दर्ता गरेका छन् । जिल्लामा वडा संख्या ८१ रहेको छ । 
उमेद्धारी दिएका मध्ये एक वडाको  महिला सदस्य र दुइ वडामा  दलित महिला सदस्य पदमा एक जनाको मात्र उमेद्धारी दर्ता भएको छ । रोङ गाउँपालिका वडा ४ मा महिला सदस्य मिना देवी तामाङ निर्विरोध हुनुभएको छ । तामाङ नेकपा एमाले दलसँग आवद्ध हुनुहुन्छ । यस्तै एमालेकै दिलमाया कमिनी सन्दकपुर गाउँ पालिका वडा १ बाट निर्विरोध बन्नुभएको छ । दलित महिला सदस्य पदमा उहाँको मात्र उमेद्धारी परेको थियो । माङसेवुङ गाउँपालिका वडा नम्बर ६ मा समेत दलित महिला सदस्य पदमा एमालेकै धन कुमारी विश्वकर्मा निर्विरोध हुनुभएको छ । निर्वाचन आयोगले भने आधिकारीक रुपमा घोषणा गर्न बाँकी रहेको छ ।
 जिल्लामा एक सय ५१ मतदान स्थल र दुई सय ८५ मतदान केन्द्र रहेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment