इलामा माई नगरपालिका प्रमुखको दावीमा नेपाली कांग्रेस र माओवादी केन्द्रको पछि नहट्दा गठबन्धन संकटमा

  • विनय तिम्सीन


इलाम, ७ बैशाखः स्थानीय निर्वाचको मिति नजिकिदै गर्दा गठबन्धनका दलहरु विच इलाममा सहमति हुन नसक्दा उमेद्वार चयनमा अन्योल छाएको छ । निर्वाचन कार्यतालिका अनुसार वैशाख १२ गते मनोनयन दर्ता गर्नु पर्ने छ । अहिले इलाममा भएका गठबन्दनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पाटीहरु विच सहमति नहुँदा इलाममा गठबन्धन संकटमा परेको हो । 

बुधबार (आज) वसेको वैठक पनि विना निष्कर्स सकिएको बैठकमा सहभागी नेपाली कांग्रेसका एक सदस्यले वताए । उनले भने इलाममा भएका १० पालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा अहिले  गठबन्धन भएका दलहरु मध्ये ३ पालिका कांग्रेसले जीत निकालेको छ भने दुई पालिका प्रमुख  नेकपा एसका रहेका छन् अन्य दलको उपस्थिति देखिदैन । 

आज भएको छलफलमा माई नगरपालिकालाई केन्द्रमा राखेर छलफल भएको थियो । माई नगरपालिकाको प्रमुख नेकपा माओवादीले दावी गरे सँगै नेपाली कांग्रेसले माई नगरपालिका प्रमुख कुनै पनि हातलमा अफुहरुले नछोड्ने अडान गरे पछि वैठक विना निष्र्कष टुङ्गीएको छ । माई नगरपालिकाको २०७४ सालका मातभार हेर्दा नेपाली कांग्रेसको मतभार ३५.०० रहेको छ भने, नेकपा माओवादी केन्द्रको मतभार १४.२० रहेको हुँदा यसैलाई आधार मानी गठबन्धन गरिनु पर्ने माई नगरपालिकाकाका नेपाली कांग्रेसका कार्यर्कताहरु वताउँछन् । माई नगरपालिकामा नेकपा माओवादीलाई नगर प्रमुख दिने हो भने गठबन्धनले चुनवमा पराजय वेहोर्ने उनीहरुको वुझाई रहेको छ । तर नेकपा मोओवादी केन्द्र भने कुनै पनि हातलमा माई नगरपालिकाको प्रमुख लिने अडानमा रहेको छ । नेकपा माओवादीका एक नेताले भने हामीले ४ नगरपालिकामा एक नगरपालिका र ६ वटा गाउँपालिकामा १ वटा गाउँपालिका प्रमुख मागेका हौँ यसबाट पछि हट्न सकिन्न । 

गठबन्धित दलहरुको केन्द्रको सर्कुलर अनुसार हेर्ने हो भने इलामका २ वटा पालिका (सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका) नेकपा एसको भागमा पर्ने देखिन्छ भने अन्य ८ वटा पालिका प्रमुख कांग्रेसको भागमा पर्ने देखिन्छ । 

अहिलेसम्म भएको छलफलमा इलामका इलाम नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेवुङ गाउँपालिका, सन्दकपुर गाउँपालिका र रोङ गाउँपालिकाको प्रमुखमा लगभग नेपाली कांग्रस आउने पक्का भएको छ । सूर्योदय नगरपालिकामा नेकपा एसको लगभग पक्का भए पनि माईजोगमाई गाउँपालिका नेकपा एसको दावीलाई नेपाली कांग्रेसले नस्वीकार्दा अन्योलमा परेको छ । 

यता नेकपा माओवादी केन्द्रले भने माई नगर प्रमुख र चुलालुली गाउँपालिका अध्यक्षमा दावी गरेको छ । यता नेपाली कांग्रेसले दुवै पालिकामा आफ्नो मतभार धेरै भएको र पालिका प्रमुख आफुले नलिए गठबन्धनले निर्वाचनमा पराजय भोग्नु पर्ने भएकाले नेकपा माओवादीलाई पालिका प्रमुख दिन नसकिने अडान कायम गरेको छ । याता नेकपा माओवादीका नेता भने २०७४ को निर्वाचनको परिणामलाई हेरेर माई नगरपालिकालाई वाँडफाड गर्न नमिल्ने अहिले परिस्थिति अर्कै भएकोले  नेकपा माओवादीको माई नगरपालिकामा पकट राम्रो रहेकोले नेकपा माओवादीको जीत सुनिश्चित रहेको वताउँछन् । 

यता पालिका उप–प्रमुखमा भने नेपाली काँग्रेसले रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिका लगभग पाउने निष्चित भएको छ । सन्दकपुर गाउँपालिकामा नेकपा यसको दावी रहेको छ । माङसेवुङ गाउँपालिकामा भने जनता समाजवादीले लगभग पाउने निष्चीत रहेको छ । देउमाई नगरपालिका नेकपा माओवादीको लगभग निष्चित भए पनि फाकफोकथुमा पनि दावी रहेको छ । अन्य माई नगरपालिका, माईजोगमाई गाउँपालिका र चुलाचुली गाउँपालिकाको विवाद कायमै रहेको छ ।

यता नेपाली कांग्रेस सूर्योदय नगर कार्य समितिले भने आफुहरु गठबन्धनको पक्षमा नरहेको भन्दै विज्ञप्ती जारी गरि सकेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment