इलामको रोङमा नमुनाले गर्‍यो विद्यालयहरुलाई सहयोग

  • गोबिन्द पौडेल 


रोङ, ७ बैशाखः नमुना विकास केन्द्रले रोङ ६ मा रहेको सामुदायिक र निजी बिद्यालयहरुलाई  करिव ३ लाख पचार हजार मुल्य बराबरको सामाग्रीहरु बितरण गरेको छ ।

वडाभित्र रहेको तीनवटा माध्यामिक तीनवटा १–५ सचालित आधारमूत विद्यालय र सहित समुदायमा आधारित रहेको मेचि कल्याण वाल बिकास केन्द्र र थर्पुवजारमा रहेको चिल्ड्रेन  गार्डेन अग्रेजी स्कुललाई खानेपानि ट्याकी स्वास्थ्य  किड, माक्स साबुन सेनिटाईजर लगायतको सामाग्रीहरु बितरण गरेको हो ।

वडाभित्र रहेको माध्यमिक विद्यालयहरुलाई  एकहजार लिटर क्षमता,आधारभूत विद्यालयलाई पाचसय लिटर क्षमता र एक निजी सहित वाल बिकास केन्द्रलाई दुईसय पचास लिटर क्षमता रहेको आल्मुनियम को पानि ट्याकी बितरण गरिएको हो ।

२०६३ सालमा रोङ ६ रम्भ्याङमा मुख्य कार्यलय रहेर स्थापित उक्त सेवाकुमुलक गैर सरकारी सस्था  नमुना बिकास केन्द्रले कोभिड प्रकोप र ब्यवस्थापन,कृषि र शिक्षा क्षेत्रमा काम गर्दै आएको  छ । विद्यालयमा स्वास्थ्य  र शुद्ध  पिउने  पानीको ब्यवस्थापनको लागि सस्थाले बिदेशी सस्था spend direct सगको सहकार्यमा प्राप्त सामाग्रीहरु संकलन गरि बितरण गरिएको नमुना बिकास केन्द्रका सचिव रन्जित साङपाङ राईले बताए ।

हरेक विद्यालयमानै पुगेर सामाग्री बितरण गरिएकोमा विद्यालय विकासको लागि नमुनाको सहयोग उल्लेखनिय रहेको आफुहरु खुसी बनेको कुवापानी माध्यकि विद्यालयका प्रधानअध्यपक प्रेमराज राईले बताए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment