गठबन्धनःः इलाममा पालिका प्रमुख कांग्रेसले ७ पाउँदा नेकपा एसलाई २ र माओवादी केन्द्रले १ मा चित्त वुझायो


इलाम, ८ बैशाखः स्थानीय तहको निर्वाचन २०७९ मा सत्तारुड दलहरुले इलाममा पालिका प्रमुख र उपप्रमुखको भागवण्डा सकेको छ । 
इलामका इलाम नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेवुङ गाउँपालिका, सन्दकपुर गाउँपालिका चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसको भागमा परेको छ । 
सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको प्रमुखमा  नेकपा एकिकृत समाजवादीले पाएको छ । माई नगरपालिकाको प्रमुख भने नेकपा माओवादी केन्द्रले पाएको छ । 
उपप्रमुखमा इलाम नगरपालिका, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र माई नगरपालिका नेपाली कांग्रेसको भागमा परेको छ ।  तीन वटा पालिका देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका नेकपा मोओवादी केन्द्रको भागमा परेको छ । सन्दकपुर गाउँपालिका नेकपा एसको भागमा र माङसेवुङ गाउँपालिका जनता समाजवादीको भागमा परेको छ । अन्य वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो लगाउन वाँकी नै रहेको छ वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो भने स्थानीय पालिकाको संयन्त्रले लगाउने गठबन्दधन स्रोतले जानकारी गराएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment