नेपाली कांग्रेस इलाममा वागी उम्मेद्वारलाई तत्काल उम्मेदवारी फिर्ता गर्न निर्देशन


इलाम, १४ बैशाखः नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेद्वार भएको ठाउँमा स्वतन्त्र (वागी) उम्मेद्वार दिएकाहरुलाई तत्काल उम्मेद्वारी फिर्ता दिन निर्देशन दिएको छ । 
नेपाली कांग्रेस जिल्ला सभापति डम्बर बहादुर खड्काले हस्ताक्षर गरेको विज्ञप्ती मार्फत पाटीका आधिकारीक उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिएका उम्मेद्वारलाई तत्तकाल उम्मेद्वारी फिर्ता लिएर पाटीका आधिकारी उम्मेदवारलाई विजयी गराउँन समेत निर्देशन दिएको हो । विज्ञप्तीमा भनिएको छ यदि अटेर गरी उम्मेद्वारी फिर्ता नगरेमा नेपाली कांग्रेसको विधान वमोजिम कार्य नगरी पाटी हित विपरीत गतिविधि गरेको पाइएमा  त्यहाँ भएका समिति, महाधिवेशन प्रतिनिधि, सदस्य, महासमिति सदस्यहरुलाई नेपाली कांग्रेसको वागी उम्मेद्वारको बारेमा यर्थात प्रतिवेदन जिल्ला कार्य समितिमा पेश गर्न समेत निर्देशन दिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment