रुसी तेल खरिद गर्ने भारतसहितका मुलुकको आफ्नो निर्णय हो : अमेरिका


वाशिङ्टन । अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धलाई अन्य राष्ट्रले पनि विचार गर्नुपर्ने भन्‍ने समाचाहरु आइरहेको समयमा ह्वाइट हाउसले रुसी तेल आयात गर्ने अथवा नगर्ने भन्‍ने प्रत्येक मुलुकको आफ्नो स्वतन्त्र निर्णय हुने बताएको छ।
अन्तर्राष्ट्रिय अर्थशास्त्रका लागि उपराष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) दलीप सिंहले आफ्नो भारत भ्रमणका क्रममा रुसी तेल खरिद नगर्न चेतावनी दिएको समाचारहरु आएका थिए।
प्रेस ब्रिफिङमा बोल्दै ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले शुक्रबार (स्थानीय समय) भारतले रूसी ऊर्जाको आयातले उनीहरूको कुल ऊर्जा आयातको १ प्रतिशतदेखि २ प्रतिशत मात्र प्रतिनिधित्व गर्दछ। 'रुसी तेल आयात गर्ने कि नगर्ने भनेर भारतलगायत प्रत्येक देशको व्यक्तिगत निर्णय हो, यो उनीहरूको आयातको १ देखि २ प्रतिशत मात्र हो। उनीहरूको आयातको १० प्रतिशत अमेरिकाबाट हुन्छ,' साकीले भने ।
उनले दलीप सिंह भारतमा रहेको बेला आएका समाचारका विषयमा उठेका प्रश्नको जवाफ दिएकी हुन्। उनले रुसी तेलको खरिदलाई नबढाउन भारतलाई अमेरिकाको चेतावनी दिएको र उक्त कुरालाई उल्लंघन गरे अमेरिकासँगको सम्बन्ध बिग्रिने चेतावनी दिएको समचारहरु आएका थिए।
भारतले आफ्नो ऊर्जा आवश्यकताहरूको लागि राम्रो सम्झौताहरू सुरक्षित गर्ने आफ्नो अधिकारको रक्षा गरेको छ। नयाँ दिल्लीले युक्रेन युद्धको बावजुद मस्कोबाट पेट्रोलियम पदार्थको युरोपको बढ्दो खरिदलाई औंल्याएको छ। यसअघि विदेशमन्त्री एस जयशंकरले युरोपेली देशहरू रुसबाट तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता रहेको बताएका थिए।
उनले छुटमा रुसी तेल खरिद गरेकोमा भारत विरुद्ध थालिने कुनै पनि 'अभियान' स्वीकार्य नहुने बताएका थिए। अमेरिका र उसका सहयोगीहरूले मस्कोमाथि नाकाबन्दी लगाएपछि रुसले भारतलाई कच्चा तेल र अन्य वस्तुहरू सहुलियत दरमा उपलब्ध गराउने प्रस्ताव गरेको थियो। यो महिनाको पहिलो छ महिनामा भारतले रुसबाट कच्चा तेलको आयात प्रतिदिन करिब ३ लाख ६० हजार ब्यारेल गरेको छ।
हालको ढुवानी कार्यतालिका अनुसार दुई देशबीचको औसत तेल व्यापार प्रतिदिन करिब दुई लाख ३० हजार ब्यारेल हुने अनुमान छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment