नेकपा एमाले क्षेत्र नं. १ का संयोजक घिमिरेद्वारा पार्टी परित्याको घोषणा


झापा, २९ चैत्र  चरम गुटबन्दीका नाइकेहरुसँग बसेर पटक– पटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित हुने भन्दै नेकपा एमाले क्षेत्र नम्बर १ का संयोजक डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी उनले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै घिमिरेले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका घिमिरे तत्कालीन काँकरभिट्टा गाविसका अध्यक्ष हुन् । आफूले मेचीनगरपालिकाका लागि मेयरको आकांक्षा राख्दा आफूलाई पार्टीका नेताहरुले रिङआउट गरेको उनको दावी छ ।
पार्टी निर्माण र संगठन बिस्तारसंगै जनसेवामा समर्पित हुँदा समेत एमालेले आफ्नो योगदानको कदर नगरेको भन्दै पार्टी छोडेको नेता घिमिरेले पत्रकार सम्मेलनमा बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment