नेकपाले इलामका सबै पालिकामा स्वतन्त्र उम्मेदवार उठाउने


झापा  २९ चैत्र । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सुमन सिंहले आसन्न स्थानीय निर्वाचनमा इलामका सबै १० पालिकामा पूर्ण समर्थनसहित स्वतन्त्र उम्मेदवार उठाउने उद्घोष गरेका छन् ।

नेकपा इलामको बैठकलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन् । नेता सिंहले निर्वाचनलाई संसदवादीले आफ्नो संकट ढाकछोप गर्ने माध्यम बनाउंदै आएको बताउदै नेकपाले भने यो चुनाब रास्ट्रघात र जनघात बिरुद्ध भण्डाफोर र जन एकतालाई उचाईमा उठाउने मोर्चाको रुपमा बदल्दन लागेको दावी गरे । उनले संसदवादीले प्रयोग गर्ने चुनाबी हतियारलाई जनताले यसपटक जनसंघर्षलाई उचाईमा उठाउने तहमा प्रयोग गर्नु एकीकृत जनक्रान्तिलाई सेवा गर्नु हुने समेत बताएका छन ।
दुई दिनसम्म चलेको उक्त बैठकले रास्ट्रघाती एमसिसी पक्षधर , भ्रष्टाचार र जनबिरोधी तत्वहरु बिरुद्ध ईलाम जिल्लाका सबै पालिकामा पार्टिको पुर्ण समर्थनमा जनपक्षिय स्वतन्त्र उम्मेदवारि दिने , जनसंघर्षको मोर्चालाई सबै तरिकाले फराकिलो बनाउंदै रास्ट्रघात र जनघात बिरुद्ध व्यापक भण्डाफोर कार्यक्रम संचालन गर्ने निर्णय लिइएको छ।
क्रान्तिकारी तथा देशभक्तहरु बिचको ध्रुबिकरणलाई उचाईमा उठाउने निर्णय गर्दै पालिकाहरुमा पठाउने स्वतन्त्र उम्मेदवारहरुको नाम समेत बैठकले ठोस गरेको छ । नेकपा ईलामले आगामि बैशाख ५ गते एक कार्यक्रम मार्फत घोसणा गर्ने उम्मेदवार हरुको नाम घोसणा गर्न लागेको हो ।
जिल्लामा रहेका देशभक्त, प्रगतिशिल, बामपंथी, स्वतन्त्र ब्याक्तित्वहरु र युवाहरु संग सहकार्य र तालमेलको वातावरण बनाएर अगाडि बढ्ने र सोको लागि एक निर्वाचन सम्वनय समिती समेत बनाईएको उनले बताए । रास्ट्रीय अन्तरास्ट्रिय परिस्थितिमा आएका ठुला ठुला फेरबदलका घटनाहरुलाई मध्यनजर गरी पार्टी र जनताको शक्तिलाई एक गर्ने उदेश्यले तय गरिएको निर्वाचन संम्बन्धिको कार्यनितिलाई दृढतापुर्वक लागू गर्ने लगायत अन्य निर्णय गरेको बताइएको छ।
बैठकमा केन्द्रीय सल्लाहकार सदस्य होम खतिवडाले यो निर्वाचन प्रयोगको कार्यनिती पार्टिले जनता र मित्र शक्ती संगको सम्बन्धलाई फराकिलो बनाउन ल्याएको बताउंदै उच्च मनोबलका साथ यहि निर्वाचनलाई प्रयोग गरेर रास्ट्रघाती, जनघाती तत्वको धजंगा उडाउनु पर्ने बताए । उनले निर्वाचनका अनुभव हरु सुनाउंदै यो निर्वाचन प्रयोगले जनतालाई रास्ट्रीय स्वाधिनताको संघर्ष र बर्ग संघर्षमा सहज रुपमा सहभागी हुने वातावरण बनाउने समेत बताए ।
बैठकमा पार्टिका जिल्ला सचिब मौसले पार्टी एकढिक्का भएर स्वतन्त्र उम्मेदवार हरुलाई बिजयी गराउन लाग्ने र मुख्यत यसलाई देशभक्त र देशद्रोही हरु बिच ध्रुबिकरण गराउने मोर्चाको रुपमा सक्दो प्रयोग गर्ने बताए । बैठकमा अधिकांश जिल्ला सदस्यहरुले पार्टि केन्द्रिय समितिको बार्हौं बैठकमा महासचिब बिप्लबले प्रस्ताव गर्नु भएको दस्तावेज लाई दुई दिन लगाएर मिहिन अध्यन छलफल गर्दै एकमतले दृढता पुर्वक लागू गरेर जाने बताएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment