इलामकी पर्यटन दुत कल्पना महर्जनको बालबिवाह रोकथाम अभियान शुरु


इलाम, १४ बैशाखः  बिश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता तथा इलाम नगरपालिकाकी पर्यटन दुत समेत रहेकी कल्पना महर्जनले बालबिवाह रोकथाम अभियानलाई थालेकी छिन् । कल्पनाले ललितपुर जिल्लाको दुर्गम गाउँं डुकुछापबाट अभियानको सुरुवात गरेकी छिन् ।
कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् । कल्पना ती स्कुल र वस्तीमा पुगेर बालबाबिबाहका विषयमा जानकरी दिन पुगेकी हुन् । साथै उनले बालविबाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिंदै वालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन् । कल्पनाले सगरमाथा चढ्दा  २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको बालबिवाह रोकथाम अभियान गर्ने सगरमाथाको चुचुरोबाट उद्धघोष गरेकी थिइन् ।
नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि।सं। २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार अधिराज्यभर दनुवारहरुको सड।ख्या ८४ हजार एक सय १५ रहेका छन् । नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन् ।
दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवम् बहु विवहाको प्रचलन छदैछ । गरिबी जनचेतनाको अभवा जस्ता बाध्यात्मक कारण बाहेक सामाजिक सञ्जाललगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृति विना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment