इलामको सन्दकपुरमा तीन छिमेकीको एउटै पदमा उम्मेदवारी, गाउँपालिका अध्यक्ष जित्ने दाउ


इलाम, १४ बैशाखः आसन्न स्थानीय तहको चुनावका लागि राजनीतिक दलका नेता र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। इलाम पनि चुनावी सरगर्मी छाएको छ। यस पटक विभिन्न कारणले स्थानीय तहको चुनाव रोचक हुँदैछ। इलामको सन्दकपुर गाउँपालिकामा एउटै पदमा तीन छिमेकी प्रतिस्पर्धा चल्ने भएको छ। नेकपा एमालेबाट उदय राई, कांग्रेसबाट तुलाराम गुरुङ र राप्रपाबाट नरेश खतिवडा (पुष्प)। उनीहरु एकअर्काका छिमेकी हु्न्। एउटै टोलमा घर पर्छ। नरेशको घर केही माथि, तुलारामको घर केही पर र उदयको घर केही तल हो। लगभग १० मिनेट पैदलको अन्तरालमा एक जनाको घरबाट अर्कोको घरमा पुग्न सकिन्छ।
यस पटक उनीहरु बीच प्रतिस्पर्धा हुँदैछ। उदय हालका समेत पालिका अध्यक्ष हुन्। उनले गत स्थानीय तहको चुनावमा कांग्रेसका देबेन्द्र सुबेदीलाई हराए। तर उनको यसपटकको प्रतिष्पर्धा गुरुङसँग हुँदैछ। गुरुङ शिक्षण पेशाबाट अवकाशप्राप्त व्यक्ति हुन्। यस्तै नरेश केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका हुन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment