लुङ्गेलीले माई नगर प्रमुखबाट उम्मेदवारी फिर्ता लिने सहमति

माई । माई नगरपालिका नगर प्रमुखका उम्मेदवार भक्तबहादुर लुङ्गेलीले उम्मेदवारी फिर्ता गर्ने सहमति भएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश परिषद सदस्य लुङ्गेलीले गठबन्धनका उम्मेदवार धनकुमार लिम्बुलाई सहयोग गर्ने सहमतिका साथ उम्मेदवारी फिर्ता गर्ने भएका हुन् ।
आज पार्टीका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, जिल्ला समन्वय सदस्य प्रवाश शर्मा लगायतको उपस्थितीमा निर्वाचन सम्बन्धिकाे छलफलमा लुङ्गेलीले बैशाख १६ अघि नै फिर्ता गर्ने भएका हुन् । लुङ्गेलीले १६ नम्बरमा नगर प्रमुखको लागि उम्मेदवारी दर्ता गरेका थिए ।
उनी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट माई नगर प्रमुखको उम्मेदवार थिए । निर्वाचनमा उनले १ हजार ८ सय ४७ मत पाएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment