जङ्गली च्याउ खाँदा एकको मृत्यु


तनहुँ ।२७ चैत्र,  जङ्गली च्याउ खाएर बिरामी भएका तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेका एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गत चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आज नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाँदा दश जना बिरामी भएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment