सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ


कञ्चनपुर २७ चैत्र । शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आज एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका धामीबाट प्रहरीले से४प ९५११ नंको पल्सर मोटरसाइलसमेत बरामद गरेको छ ।
मोटरसाइकलमा जाँदै गरेका धामीमाथि शङ्का लागि जाँच गर्दा सुर्के थैलीभित्र कालो प्लास्टिकमा पोका पारेर लुकाइराखको अवस्थामा चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक शाहको भनाइ छ ।
पक्राउ परेका धामीमाथि प्रहरीले कानूनबमोजिम थप अनुसन्धानको कार्य भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment