झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु


झापा २७ चैत्र। झापाको गौरादह नगरपालिकामा एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–५ कि ४० बर्षीया मनमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए ।
आइतबार दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागेर घाइते भएकी थापालाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment