चीनकाे राजनीतिमा महिला सहभागिता न्यून


काठमाडौं। अमेरिका–चीन आर्थिक तथा सुरक्षा पुनरावलोकन आयोगले प्रतिवेदन सार्वजनिक गर्दै चीनको शीर्ष राजनीतिक स्थानमा महिलाको प्रतिनिधित्व सीमित रहेको बताएको छ ।
संयुक्त राष्ट्रसंघको सन् २०२१ को तथ्यांक अनुसार चीनमा महिलाको संख्या १० करोड ३८ लाख छ भने पुरुषको संख्या ७४ करोड ४ लाख छ । यसअनुसार चीनमा महिलाको संख्या कूल जनसंख्याको ४८ प्रतिशत छ ।
तर, चीनको सत्तारुढ कम्युनिष्ट पार्टीमा भने केबल ३० प्रतिशत मात्र महिला सदस्यता रहेको जनाइएको छ । त्यसमाथि चीनको राजनीतिक नेतृत्व तहमा भने केबल ८ प्रतिशत मात्रै महिला सहभागिता रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व तहमा मात्रै नभएर अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि महिलाको पहुँच र प्रतिनिधित्व कम रहेको उक्त रिपोर्टमा जनाइएको छ । रिपोर्टअनुसार हाल ३१ चिनियाँहरुले विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुको नेतृत्व गरिरहेका छन्, जसमध्ये केबल ४ जना महिला छन् ।
(एएनआईबाट)

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment