इलाम फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष प्रहरी निन्त्रणमा


इलाम, २१ चैत्रः इलामको फाकफोकथुम गाउँपालिकाकी अध्यक्ष सरस्वती राई (सरु)लाई प्रहरीले पक्राउ गरेको छ । 

केही दिन अघि उपाध्यक्ष राईले फाकफोकथुम गाउँपालिकाबाट युवाहरुलाई सिजनेवल कामदारको लागि दक्षिण कोरियालैजाने विवादका क्रममा सोहि गाउँपालिका वडा नं. १ का खड्कालाई कुटपिट गरेर घाइते बनाएकोे भनि जिल्ला प्रहरी कार्यालयमा उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

राईलाई पक्राउ गरी आजै म्याद थप गरेर अनुशन्धान प्रक्रिया अगाडि वढाईने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा वहादुर थापाले जानकारी गराए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment