दलित मोर्चाको प्रदेश सचिवमा प्रकाश परियार चयन


नेपाल दलित मुक्ति मोर्चा १ नं. प्रदेश समितिको सचिवमा इलामका प्रकाश परियार चयन भएका छ्न् । झापाको दमकमा बसेको मोर्चाको विस्तारित बैठकले परियारलाइ सचीवको जिम्मेवारी दिएको हो । विस्तारित बैठकले प्रदेश भरि सबै स्थानीयको पालिका सम्मेलन र जिल्ला भेला सम्पन्न गर्नको लागि सबै जिल्लामा समेत जिम्मेवारी तोकेको छ ।

दमकमा सम्पन्न बैठकको संयोजक हुकुमसिअ नेपालीको अध्यक्षता एवं फ्याक्सन इन्चार्ज अरुण सुन्दासको प्रमुख आतिथ्यता भएको थियो । बैठकमा नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष विजय साङपाङ, प्रदेश सदस्य एवं संविधानसभा सदस्य अनिता परियार, पार्टीको प्रदेश कोषाध्यक्ष गगन पुरि लगायत पार्टीको प्रदेश सदस्यहरु, दलित मुत्ति मोर्चाका केन्द्रिय कार्यालय सदस्य उमिता विस्वकर्मा एवं केन्द्रिय सचिवालय सदस्य, केन्द्रिय सदस्यहरुको उपस्थितिमा बैठक सप्पन्न भएको थियो । जसको निति, उसैको नेतृत्व एवं ब्यवस्था बदल्यौ अब अवस्था बदल्ने भन्ने मुख्य नारा सहित प्रदेश भरि पार्टीका उम्मेदवारलाइ विजय गराउन विशेष अभियान सहितको प्रस्ताव पास गर्दै बैठक सम्पन्न गरेको छ । चयन भएका सचिव परियार माओवादि केन्द्रका इलामका जिल्ला कार्यालय  सचिव हुन भने लामो समय देखि दलित आन्दोलन तथा सामाजिक काममा कृयाशिल छ्न । मोर्चाले अब विभेद अत्यको लागि प्रदेश ब्यापि अभियान संचालन गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment