सहारा नेपाल साकोस इलाम मंगलबारे सेवा केन्द्रले संस्थाको २७ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम


इलाम, २२ चैत्रः सहारा नेपाल साकोस इलाम मंगलबारे सेवा केन्द्रले संस्थाको २७ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम आयोजना गरेको छ । मंगलबारे शाखाले “ मेरो गौरव मेरो सहारा सबैको लागी सधैको लागी” नाराको अभियानमा सक्रिय भई कार्यक्रम आयोजना गरेको हो । 

सहारा नेपाल साकोसको ३३औं सेवाकेन्द्रको रुपमा रहेको इलाम मंगलबारे सेवा केन्द्रमा १९०० सदस्यहरुले प्रत्यक्ष  रुपमा सेवा दिईरहेकोमा संस्थाको २७ औं बार्षिक उत्सव अवसर पारी शेयर सदस्य ,बिष्शिष्ठ ब्यक्तित्व,बिभीन्न संघसंस्थामा कार्यारत कर्मचारी शिक्षा तथा खेलकुद शाखा कार्यालय प्रमूख, कुषि बिकास बैङ, एक्सेल बैङकका प्रमूखहरुको उपस्थितीमा  आयोजना गरीएको थियो ।

कार्यक्रममा संस्थाको शेयर सदस्य मुकुन्द पौडेलले समग्र संस्थाको बस्तूस्थिती, सेवासुबिधा, सेवाकेन्द्रको अवस्था र सेवा केन्द्र उपसमिती निर्माण र संस्थाको कार्यक्रमले समूदायमा खेलेको अमूल्य योगदानको बारेमा आफ्नो भनाई राखेर शुभकामना ब्यक्त गर्नुभयो ।

अलैचि ब्यबसायी महासंघको केन्द्रिय उपाध्यक्ष मात्रिका प्रसाद घिमिरेले संस्थाले स्थानिय क्षेत्रमा पारेको प्रभाव, संस्थाले महिला लाई प्राथमिकतामा राखी गरेको कार्यक्रम साथै महिला उत्थान तथा आगामाी रणनीति तथा कार्यक्रमहरुलाई लक्षित गरी सहकार्य गर्ने बारेमा चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।

शिक्षा तथा खेलकुद शाखा देउमाई प्रमूख रुपेन्द्र प्रसाद न्यौपानेले संस्थाले शिक्षा तथा खेलकुदमा गरेको अपूरणिय योगदान (नानीहरुको लागी शिक्षा बचत,बाल बचत, बिभिन्न खेलकुदहरु को आयोजना लाई प्रष्ट्याउनू भएको थियो

इलाम उद्योग बाणिज्य संघ शाखा कार्यलय देउमाईको अध्यक्ष रमेश श्रेष्ठले उद्यमी सदस्यहरुको उद्यमशिलता बारे संस्थाको उद्यमी सदस्यहरुको प्रभाव,संस्था संगको सहकार्य बारे बोल्नुहुदै शुभकामना ब्यक्त गर्नुभयो।

इलाम उद्योग बाणिज्य संघ शाखा कार्यलय देउमाईको महिला सदस्य सुजिना घिमिरेले आफै पनि सदस्य रहि बिभिन्न क्षेत्रमा संस्थाको कार्यक्रम प्रति सन्तुष्ट रहेको तथा सहारा साच्चिकै सहारा रहेको र आार्थिक उपलब्धिमा संस्थाको अमूल्य योगदानको खुलेर प्रशंशा गर्नुभयो ।

कार्यक्रमा २ जना उद्यमी सदस्य भोजकुमारी चौहान र शान्ति सुनुवार मुखियालाई पुरस्किृत गरी सम्मान तथा प्रोत्साहन गरीयो । अन्त्यमा सहारा नेपाल साकोस सेवाकेन्द्र बिकास गिरीले समग्र संस्थाको क्रार्यक्रम र निती तथा कार्यक्रम बारे प्रष्ट्याउनू भएको थियो ।

भिन्तूना रेष्टुरेन्टमा कल्पना थापा खत्रिले सन्चालन गर्नुभएको कार्यक्रममा ९० जना शेयर सदस्य तथा बिशिष्ट व्याक्तिहरु तथा  सेवा केन्द्र प्रमूख बिकास गिरी, कर्मचारी सन्तोष दर्जी, रंजिता घतानी, सीतादेबि पोख्रेलको उपस्थितीमा सम्पन्न भएकाे इलाम शाखाका प्रमुख केपी लुइटेलले जानकारी गराउनुभयाे । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment