मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं २२ चैत्र। नेपालका केही भू-भागमा आज (मंगलबार) पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रदेश-१ को पहाडी भू-भागका केही स्थानका साथै वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश- १, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ ।
विभागका अनुसार आज राति प्रदेश-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment