एसईईको तयारीका लागि ट्युसन पढ्न गएकी छात्राको हत्या


काठमाडौं । एसईईको तयारीका लागि ट्युसन पढ्न विद्यालय जाँदै गरेकी छात्राको उदयपुर बेलका नगरपालिका ३ मा हत्या भएको छ । बिहान ४ बजे नै घरबाट विद्यालय हिँडेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको हो । स्थानीयले बिहान ७ बजे बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । प्रहरीले अनुसन्धानका क्रममा घटनाको प्रकृति हेर्दा हत्या भएको र अनुसन्धानपछि विस्तृत जानकारी दिइने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment