सहज कर्जाले झनझन कङ्गाल ग्रामीण जनता

  • जीवन शर्मा

देशैभरिका ग्रामिण भेगका जनताहरुलाई सहज कर्जा उपलब्ध गराउदै आइरहेका पाइक्रो फाइनान्स र सहकारी संस्थाहरु ग्रामिण क्षेत्रमा लोकप्रिय छन । बिना झन्झट सहज रुपमा कर्जा उपलब्ध गराइदिने हुनाले ग्रामिण क्षेत्रका जनताहरुलाई माइक्रो फाइनान्सहरु सहयोगी बन्दै आइरहेको देखिन्छ । आर्थिकरुपमा कति सबल नबने कति स्वरोजगारी बने त्यसको समिक्षा त भइसकेको छैन तर पनि ग्रामीण भेगमा यस्ता संघ संस्थाहरु भरोसा बन्दै गइरहेको कुरा नकार्न सकिँदैन ।
तर सहज र भरोसा नै बने पनि माइक्रो फाइनान्स र केही सहकारीहरुले बिना उद्देश्य र बिना सुजबुझ जथाभावी कर्जा प्रवाह गर्नाले गाउघरमा धेरै मानिसहरुको उठिबास भएको देखिदैछ ।अर्कोतिर  सहज कर्जा पाइने हुदा कुनै उद्देश्य नराखी मानिसहरुले कर्जा निकाल्ने गरेको देखिन्छ । जुन कर्जालाई उत्पादनका क्षेत्र र व्यवसायको क्षेत्रमा प्रयोग नगरी उपलब्धिबिहिन र गैरआर्थिक उन्नतिका ठाउँमा प्रयोग गर्ने हुदा कर्जाको किस्ता तिर्न नसकी कतिले त भएको जायजेथा बिक्री गर्ने गरेको र दिनदिनै सुकुम्बासी बन्दै गएको देखिन्छ । 
बङ्गलादेशका प्रोफेसर युनुसको भिजन अनुसार बङ्गलादेशमा लगभग सफल  बनेको यो कार्यक्रम नेपालमा सफल भन्दा लोकप्रिय चाहिँ बनेको छ । प्रोफेसर युनुसले सरकारी जागिरबाट पेन्सन भएपछि आफुसङ्ग रहेको पैसा त्यहाका ग्रामिण महिलाहरुको स्वरोजगारको लागि लगानीको बाटो बनाएर समूह बनाइ आपसी विस्वासको आधारमा लगानी गरिदिए । 
बङ्गाली श्रमजीवी महिलाहरूले  दारुभक्त त्यहाका पुरुषहरुलाई समेत विश्वासमा लिएर आर्थिक क्षेत्रमा गतिलै प्रगती गरे । प्रोफेसर युनुसको योजना र कार्यक्रम बङ्गलादेशमा सफल भयो । त्यही उद्देश्य राखेर नेपालले पनि २५ वटा जिल्लामा ग्रामिण बिकास बैकको शुरूवात गरि कार्यक्रम संचालन गर्यो । केही हदसम्म ग्रामिण बिकास बैक सफल पनि भए तर अहिले आएर ती बैकहरु पनि अन्य बैकमा मर्ज भइस्केका छन । हो यहि उदेश्यलाई बोकेर आएका माइक्रो फाइनान्सहरु ग्रामीण क्षेत्रम राम्ररी परिचालित पनि भए ।
 समूह बनायो कर्जा प्रवाह गर्‍यो । महिना महिना दिनमा कर्जा फिर्ता गर्‍यो । यहि बाटो समातेर एक पछि अर्को गर्दै माइक्रो फाइनान्स गाउँ छिर्न थाले । कर्जा प्रवाह गर्न तछाड्मछाड गरे । एउटै व्यक्तिले आधा दर्जन भन्दा बढी संस्थाबाट कर्जा निकालेर माइक्रो फाइनान्सलाई हौस्याइ रहे । 
तर सहज कर्जा प्रवाहको गलत सोच्मा परिवर्तन भयो । सहज कर्जा भए पछि जनताहरु कर्जा निकाल्न हौसिए । जुन कर्जा कहाँ र कुन ठाउँमा र कुन प्रयोजनका लागि प्र्योग हुदैछ । कैले हेर्दै हेरेन । एकातिर  स्वरोजगारी क्षेत्रमा नलाग्ने, देखासिखी गर्ने  र कर्जा निकालेर मादक पदार्थको लतमा पर्ने जस्ता गैर अर्थ आर्जनका क्षेत्रमा पैसा खर्चिए पछि ऋणिहरुको अवस्था दिनदिनै दयनीय बन्दै गइरहेको छ । भने माइक्रो फाइनान्सहरुको लगानी डुब्ने सम्भावना बढ्दै गैरहेको देखिन्छ । सरकारी बैकसम्म जान धक मान्ने । 
झनझटमा नपर्ने र घरमा नै कर्जा पाइने हुनाले जनताहरुले राहत पक्कै महसुस गरेका हुन । जुन जनताहरुका लागि आवश्यक पनि हो । तर दिनदिनै गलत ठाउँमा लगानी जान थाल्यो स्थानीय दारु भट्टीहरुको व्यवसाय फस्टायो भने जनता ज्गन्ज्गन आर्थिक रुपमा पछि पर्दै गए ।
यसको दोष कस्को हो ???? 
यसमा सबै दोष त ऋणि स्वयंको हो । लगानी गर्नुपर्ने ठाउँमा लगानी नगरी अन्यत्र लगानी गर्नु अर्थात त्यसै पैसा मास्नु उसैको गल्ती हो । उनै उद्देश्य र आवश्यकता बिना कर्जा निकाल्नु र निकालिएको कर्जा प्र्योगमा नल्याउनु उसैको कमजोरी हो । तर यता माइक्रो  फाइनान्सको पनि कम दोष भने  चाहिँ छैन । 
प्रतिफल देखिने ठाउँमा लगानी गरिदिनुपर्नेमा प्रतिस्पर्धाकै लागि लगानी गरि   लगानीमा प्रतिस्पर्धा गरेर लोकप्रिय बन्ने रहर पाल्नु माइक्रो फाइनान्सको पनि कम दोष देखिन्न ।  एउटै व्यक्ति १० वटा सम्म माइक्रो फाइनान्सको सदस्य बनेर सबैबाट कर्जा निकाल्ने गर्छन । तर  माइक्रो फाइनान्सले त्यतातिर ध्यान दिदैन उसको आर्थिक व्यवहार र लेनदेनको अध्ययननै  गर्दैन । उसलाई समूह बनाएर कर्जा दिन पाए भयो  ऋणिले आय आर्जनको क्षेत्रमा लगानी गर्दैछ या दुरुपयोग गर्दैछ कमसेकम यस विषयमा गम्भीर हुनैपर्छ । 
तर उनीहरूको ध्यान त्यता गएको देखिदैन ।कर्जा दिने र जवरजस्त किस्ता अशुल्न पाए भयो । माइक्रो फाइनान्सले पनि समिक्षा गर्नै पर्छ  हामीबाट ऋण प्रवाह भएका व्यक्तिहरु आर्थिक रुपमा कति सुदृढ भए कि भएन्न भनेर । आर्थिक रुपमा आफ्नो लगानीले कति सबल बने भनेर जानकार हुन त र फेरि लगानी गर्नु कतिको आवश्यकता छ त्यसको अध्ययन हुनुपर्छ तर खोइ त्यस क्षेत्रको अध्ययन ??? 
जनतालाई कर्जा दिनुहुदैन भन्ने मान्यता होइन मेरो उसले सदुपयोग गर्यो कि गरेर त्यो बुझ्नु जरुरी छ । यदि उद्देश्य आर्थिक रुपले सम्पन्न गराइ स्वरोजगारको बाटोमा हिडाउने हो भने । फेरि कर्जाको दायरा बढाउदै लगेको देखिन्छ । दायरा बढाउदैमाउ आर्थिक रुपमा सबल बनिसकेको बुझ्नु नै गलत हो ।तर उनीहरुको ध्यान त्यता जादैन ।
 दुख नमान्दा हुन्छ माइक्रो फाइनान्सको कर्जाले ग्रामीण जनताहरु झन कङ्गाल बन्दै गैरहेका छन । आर्थिक रूपमा कङ्गालमात्रै होइनन् यस्ले घर झगडा पारिवारिक बेमेल र सम्बन्ध बिच्छेद गराउदै  आएको छ । यो समस्या झन झन बिकराल बन्दै गइरहेको छ । बिद्यालय पढ्ने अवस्थाका उनीहरुका नानीहरुलाई मानसिक असर परिरहेको छ भने अर्कोतिर बाबू आमाको बेमेलका कारण कतिबेला बाबुआमाको सम्बन्ध बिच्छेद हुने र आफू एक्लो बनिने भन्ने भय उत्तिकै रहन्छ । यो समस्या तत्काल नगरे यसले झनै ठूलो रुप लिनेछ ।
 कर्जा कै कारण घरबारबिहिन बनिनु हुदैन, सुकुम्बासी समस्या निम्त्याउनु हुदैन, मिलेका परिवारमा दरार ल्याउनु हुदैन र साना साना बालकहरुले भयरहित आमाबाबुको काखमा रहि बस्न र पढ्न पाउनु पर्छ । तसर्थ सहकारी लिङ्क वा फाइनान्स लिङ्कको बिकास गरि हरेक व्यक्तिको सदस्यता र ऋणको अवस्था हेरेर मात्र लगानिको मात्रा बढाउनुपर्छ । हरेक माइक्रो फाइनान्सहरुले हरेक वर्ष आफ्ना ऋणिको अवस्था बुझ्नुपर्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment