इलामको रोङमा सहकारी एकीकरण हुँदै

 १ १ बैशाख २०७९

इलामको रोङ गाउँपालिकामा सञ्चालित दुइवटा सहकारी एकीकरण हुने भएका छन् ।
रोङ ३ मा सञ्चालित लालिगुरास बहुउद्देश्यीय सहकारी सस्था र इको चिया उत्पादक सहकारी सस्था बिच एकीकरण हुन लागेको हो । एकीकरणको लागि दुबै सहकारीले नियमित कारोबार रोकेर आन्तरिक लेखा परिक्षणको काम भइरहेको लालिगुरास सहकारी सस्थाका अध्यक्ष जमुना गुरुङले बताउनुभयो ।
रोङ गाउपालिका बाट एकीकरण पुर्वको स्वीकृति लिएर सुक्रबारबाट दुबै सहकारीले १५ दिन कारोबार रोकेको छ । सहकारी आन्दोलनलाइ बलियो बनाउन सहकारी एकीकरण हुन लागेको इको चिया उत्पादक सहकारीका ब्यवस्थापक गणेश अर्यालले बताउनुभयो ।
एकीकरण पछि सदस्य सख्या ५ सय माथी पुग्ने गाउपालिकाले जनाएको छ । सहकारी एकीकरणको लागि कार्यबिधि बनाएर रोङ गाउपालिकाले बजेट समेत बिनियोजन गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment