ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध


फुङ्लिङ,  २८ चैत्र: ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध भएको छ । एक हप्तामा तीन उडान हुँदै आए पनि बाक्लो तुँवालो (हुस्सु) का कारण शुक्रबार, शनिबार र आज पनि उडान अवरुद्ध भएको हो ।
प्रतिकूल मौसमकै कारण निरन्तर एक सातादेखि नेपाल वायु सेवा निगमको उडान अवरुद्ध भएको हो । गत शुक्रबार र शनिबार मौसममा सुधार नआएकाले उडान रद्द भएको थियो । आज पनि मौसममा सुधार नआएपछि उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो ।
लगातार उडान अवरुद्ध भएपछि काठमाडौँका लागि टिकट गरेका यात्रु रोकिएका छन् । त्यस्तै काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका इन्चार्ज लिम्बूले जानकारी दिनुभयो । हालको समय पर्यटकीय मौसम भएकाले यात्रुको अत्यधिक चाप रहेको निगमले जनाएको छ । यता यो मौसममा नियमित उडान नहुँदा यात्रु थप मारमा परेका छन् ।
नेपाल वायुसेवा निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ । अझै बाक्लो तुँवालो र हुस्सु कायमै रहेकाले यो मौसममा सुधार नआएसम्म उडान प्रभावित हुनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, सुकेटार विमानस्थलले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment