मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष काँग्रेसले जित्याे

३१ बैशाख २०७९, शनिबार


काठमाडौं । नेपाली काँग्रेसले पनि पालिका अध्यक्षको जीत दर्ता गरेको छ । स्थानीय तह २०७९ सालको निर्वाचनमा काँग्रेसको तर्फबाट मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षबाट जीत सुरुवात गरेको हो ।

नार्पाभूमि अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामाले विजयी प्राप्त गरेका हुन् ।

लामा गाउँपालिका भरबाट १५८ मत ल्याएर विजयी भएका हुन् । शुक्रबार राति सम्पन्न मतगणनामा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत प्राप्त गरेका छन् ।

यस गाउँपालिकामा जम्मा ४ सय ८४ मतदाता रहेका थिए । तर निर्वाचनमा जम्मा ३०४ मत मात्रै खसेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment