मनाङको चामे गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी, उपाध्यक्ष काँग्रेसले जित्यो

३१ बैशाख २०७९, शनिबार


काठमाडौं । मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेले जीत हात पारेको छ । आज राति भएको मतगणनाबाट गाउँपालिका अध्यक्षामा एमालेका लोकेन्द्र बहादुर घलेलाई जीत घोषणा गरिएको हो ।

उनी चामे गाउँपालिकाको अध्यक्षम दोस्रो पटक फेरि निर्वाचित भएका हुन् ।

उनी ३२० प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । उपाध्यक्षकी एमाले उम्मेदवार आशाकुमारी गुरूङले २७४ मत मात्रै प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment