नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

 




२९ बैशाख २०७९, बिहीबार


काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन् । पोखराबाट कोहलपुर जाने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नेकपा बहुमतका नेता गुणराज लोहनीका अनुसार बाँस्तोलालाई दाङको भालुवाङमा राखिएको छ । बाँस्तोलालाई षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरिएको भन्दै लोहनीले तुरुन्त रिहा गर्न माग गरेका छन् ।

हालै मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बास्तोला नेकपा बहुमतका संयोजक बनेका थिए ।

बुधबार साँझ बुटवलमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा बाँस्तोलालाई बिहीबार बिहान ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ ।

चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट विभाजन भई उनले केही दिनअघि मात्र नयाँ पार्टी गठन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment