एमाले र राप्रपा कार्यकर्ताद्वारा कांग्रेसका उम्मेदवारमाथि खुकुरी प्रहार

२९ बैशाख २०७९, बिहीबार


रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रमेश सुनवारमाथि नेकपा एमाले र राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएका छन् ।

उमाकुण्ड गाउँपालिका अध्यक्षका उमेदवार जीतबहादुर काटुवालका अनुसार सुनुवार बसिरहेको ठाउँ पछाडिबाट आएर झुक्याएर खुकुरी प्रहार गरेका थिए ।

गम्भीर घाइते सुनुवारलाई उपचारका लागि वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा लगिएको छ । सुनुवारमाथि आक्रमण गर्ने केहीलाई प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment