तेह्रथुममा वडाध्यक्षका उम्मेदवार खाटमुनी लुकेको अवस्थामा पक्राउ !

२९ बैशाख २०७९, बिहीबार

तेह्रथुम, २९ बैशाख । नेपाल तरुण दल तेह्रथुम जिल्ला उपाध्यक्ष सहित ३ जना कार्यकर्तालाई युवाहरु परिचालन गरेर कुटाएकाे आरोपमा तेह्रथुममा एमालेका एक वडाध्यक्षको उम्मेदवार पक्राउ परेका छन् ।
मंगलबार रातिको घटनापछि प्रहरी नियन्त्रणका लागि आउदा खाटमुनी लुकेको अवस्थामा उनलाई प्रहरी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा छथर गाउँपालिका वडा – २ का उम्मेदवार मनबहादुर खड्का सहित एमालेकै कार्यकर्ता कृष्णबहादुर कार्की र मेदुना रानामगर रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी छे फिन्जो भोटेले बताएका छन् ।
मंगलबार राति जिल्लाको छथर गाउँपालिकामा २ हमरजुङमा काँग्रेस र एमाले कार्यकर्ताहरुबीच झडप भएको थियो । उक्त झडपमा नेपाल तरुण दल तेह्रथुमका उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू घाइते भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको मुख्य जिम्मेवार उनै वडाध्यक्ष भएको भन्दै तरुण दल तेह्रथुमले घोर भत्र्सना गरेको छ । उसले एक बिज्ञप्ति जारी गर्दै घटनाको दोषी खड्कालाई कडा कारवाही गर्न आग्रह गरेको छ ।
घटनाका ३ घाइतेहरुको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उता छथर एमालेले भने काँग्रेसका कार्यकर्ताहरु रातिको समयमा आएर अपशब्द बोल्दै वडाध्यक्षका उम्मेदवार खड्कामाथि आक्रमण गरेको जनाएको छ ।
उसले पनि बिज्ञप्ति जारी गर्दै पक्राउ परका खड्कासहित अन्य कार्यकर्ताहरुलाई तत्काल रिहाइकाे माग गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment