ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

 १९ बैशाख २०७९, सोमबार 


मोरङ। मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका–१६ का रुपक श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता