इलामको माइजोगमाईमा नेपाली कांग्रेसको चुनावी अभियान तिव्र


इलाम, १९ बैशाखः इलामको माइजोगमाईमा नेपाली कांग्रेसले आफ्नो चुनवी अभियान तिव्र पारेको छ । माइजोगमाई गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा जीतबहादुुर राई र नेपाली कांग्रेसबाट उपाध्यक्षमा प्रविणा राईले उम्मेद्वारी दिएका छन् । अहिले माईजोगमाईको सवै वडामा नेपाली कांग्रेसले उम्मेद्वारले घरदैलो कार्यक्रम गरिरहेका छन् । उम्मेद्वारहरुले आफ्ना चुनावी घोषणपत्र लिएर जनताको घर घरमा गएका छन् । माईजोगमाईलाई एउटा सवल गाउँपालिकाको रुपमा विस्तार गर्न आफु लागि पर्ने नेपाली कांग्रेसकी उपाध्यक्ष पदकी उम्मेद्वार प्रविणा राई वताउँछिन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment